आन्तरिक गृहकार्य नपुगेकाले बैठक बसेन : प्रचण्ड

आन्तरिक गृहकार्य नपुगेकाले बैठक बसेन : प्रचण्ड

काठमाडौं ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक गृहकार्य नपुगेकाले स्थायी कमिटी बैठक स्थगित भएको बताएका छन् ।
आजका लागि बोलाइएको बैठक स्थगितपछि उनले आन्तरिक गृहकार्य नपुगेकाले बैठक बस्न नसकेको बताए । अध्यक्ष प्रचण्डले अहिले दुई अध्यक्षबीच छलफल जारी रहेको बताए । प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँगको छलफल सकिएपछि दुई दिनभित्र स्थायी कमिटी बैठक बोलाउने तयारी भएको बताए । संसद भवन नयाँ बानेश्वरमा कोरोना परीक्षणका लागि स्वाब दिएपछि अध्यक्ष प्रचण्डले भने, “अलि गृहकार्य नपुगेकै हो । दुवै अध्यक्षले बैठक एक–दुई दिन भित्र बोलाउँछौँ ।”
स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न हिजो बोलाइएको सचिवालय बैठकमा सहमति जुट्न नसकेपछि बैठक अनिश्चित बनेको छ । अध्यक्ष प्रचण्डले आजै संसद सभाहलको अनुगमन पनि गरेका छन् । अनुगमनका क्रममा प्रचण्डले बैठक ढुक्कसँग बस्न सक्ने वातावरण बनेको बताए । ।

प्रकाशित मिति : बिहिबार, बैशाख २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij