JanataToday.com

Advertisment

SKIP THIS

भारतीय अतिक्रमण विरुद्ध राष्ट्रिय जनमोर्चाद्धारा बिरोध

भारतीय अतिक्रमण विरुद्ध राष्ट्रिय जनमोर्चाद्धारा बिरोध


बुटवल
नेपाली भूमि अतिक्रमण गरेर भारतले दार्चुलाको कालापानी क्षेत्रमा बाटो खोलेकोप्रति राष्ट्रिय जनमोर्चाले बिरोध गरेको छ । कालापानी क्षेत्र लिपुलेक र लिम्पियाधुराको नेपालको भूमि भारतले अतिक्रमण गरेर सडक विस्तार गरेको भन्दै राष्ट्रिय जनमोर्चाले देशभर बिरोध प्रदर्शन गरेको हो ।
कालापानी क्षेत्र लिपुलेक र लिम्पियाधुराको भू–भाग नेपालको नक्सामा राखेर सार्वजनिक गर्नुपर्ने बताउंदै आएको पार्टी राष्ट्रिय जनमोर्चाले सोमबार रुपन्देहीको बुटवलमा भारतको बिरोध गरेको हो । नेपाललाई सबै भन्दा बढी खतरा भारतबाट रहेकाले आफ्नो भूमि संरक्षणका लागि सबै नेपालीबीच एकता आवश्यक रहेको सो पार्टीका नेताहरुले बताएका छन् ।
बुटवलमा आयोजित कोणसभामा बोल्दै राष्ट्रिय जनमोर्चाका नेता गणेश गौतमले भारतले कालापानी क्षेत्रमा हस्तक्षेप गरेर बाटो बनाएको विषयलाई अन्तर्राष्ट्रिय मुद्वा बनाउनु पर्ने बताउनु भयो । भारतले आफ्नो साम्राज्यबादी नीति अनुसार नेपालको स्वाभिमान र सार्वभौममाथि ठाडो हस्तक्षेप गर्दै आएकाले अब अन्तर्राष्ट्रिय अदालतमा जानुको विकल्प नरहेको बताउनु भभयो । दिन दाहाडै भारतले नेपाली भूमि मिचिरहंदा पनि सरकारले कुटनीतिक पहल गर्न नसक्नु दुःखको विषय रहेको बताउंदै उहांले तत्काल कुटनीतिक पहल गरेर समस्याको समाधान गर्न सरकारसंग माग गर्नुभयो । नेपालको भूमिमा सडक विस्तार गरेर उद्घाटन गर्दासमेत नेपाल सरकारले चाल नपाउनु गम्भीर विषय रहेको बताउंदै उहांले दुइ तिहाईको नामको कम्युनिष्ट सरकार भारतसंग बोल्न नसकेको आरोप लगाउनु भयो ।
राष्ट्रिय जनमोर्चा रुपन्देही सचिव टानबहादुर केसीले नेपालको लागि सबै भन्दा ठूलो खतरा भारत रहेकाले भारतले अतिक्रमण गरेको भूमि फिर्ता गर्न र कालापानीबाट भारतीय सेना फिर्ता गराउन सरकारसंग माग गर्नुभयो । कालापानी क्षेत्रबाट मानवसरोवर जोड्ने गरी भारतले विस्तार गरेको बाटो भारतका रक्षामन्त्री राजनाथ सिंहले उद्घाटन गरेपछि नेपालमा चौतर्फी बिरोध शुरु भएको छ । कोरोनाको महामारीको बेला भारतले नियतबस नेपालको सहमति बिना कालापानी क्षेत्रमा सडक विस्तार र उद्घाटन गर्नु नेपालप्रति भारतको गलत नियत रहेको भन्दै भारतको चौतर्फी बिरोध हुन थालेको हो ।

प्रकाशित मिति : सोमबार, बैशाख २९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij