भैरहवा भन्सार कार्यालयमा कोरोनाको जोखिम बढ्यो, सतर्कता बढाऔँ’

भैरहवा भन्सार कार्यालयमा कोरोनाको जोखिम बढ्यो, सतर्कता बढाऔँ’

 

भैरहवा

जनता समाजवादी पार्टीले भैरहवा भन्सार कार्यालयमा कोरोना भाइरसको उच्च जोखिम देखिएकोले नियन्त्रणका लागि सुरक्षा सतर्कता बढाउन आग्रह गरेको छ ।

पार्टीका जिल्ला अध्यक्ष राम अवतार यादवले एक प्रेस विज्ञप्ती जारी गर्दै भन्सार कार्यालयमा कोरोना भाइरसको उच्च जोखिम देखिएकोले नियन्त्रणका लागि सुरक्षा सतर्कता बढाउन नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारसँग माग गर्नु भएको छ । ‘भारतबाट यस नाका हुदै आउने मालवाहक कन्टेनरलाई भन्सार गेटमै सेनेटाईजर छर्किने ,मालबाहक भारतीय चालक, सहचालक लाई स्वास्थ्य चेकजाच गरेर भन्सार गेटभित्र प्रबेश गर्न अनुमति दिने ब्यवस्था मिलाउन सम्बन्धित निकाय सँग जोडदार माग गर्दछौ’ विज्ञप्तीमा भनिएको छ ।

साथै यो महामारीको समयमा विशेष गरि बेलहियामा रहेको भन्सारबाट प्रर्याप्त चेकजाच सेनटाईजर चालक सहचालक सहयोगीहरूको स्वाब प्ररिक्षण बिना भन्सार प्रबेश गराउने र भन्सारबाट नेपालको बिभिन्न ठाउमा पठाउनु जोखिमपुर्ण रहेकाले उक्त कार्य रोक्न पनि माग गरेको छ ।

प्रकाशित मिति : शनिबार, जेष्ठ ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij