लकडाउनमा बालबलिका लागि पढाइ: अनलाइन कक्षा

लकडाउनमा बालबलिका लागि पढाइ: अनलाइन कक्षा

 

समय बिताउने नाममा बालबालिकाले घन्टौंसम्म टिभी तथा मोबाइलको स्क्रिनमा ध्यान दिइरहेका छन् र शारीरिक रुपमा निष्किय भएका छन्। सानै उमेरमा प्रविधिको पहुँच हुँदा बालबालिकामा रमाइलो मात्र रुचाउने र रचनात्मकता क्षमता ह्रास हुने सम्भावना पनि उत्तिकै हुन्छ । धेरैजसो गुनासो गर्ने भनेको घरमा नानीबाबु किताब कापीमा भन्दा मोबाइलमा बढी झुम्मिने गर्छन् । हाम्रा बालबालिकामा मोबाइलको कुनै गेमको लत लागेको छ भने त्यो कुनै लागुऔषधको लगतभन्दा कम हुँदैन ।तर त्यसो भनेर उनीहरूलाई जबर्जतस्ती त्यसबाट छुटाउन खोजियो भने त्यसले पक्कै राम्रो परिणाम ल्याउँदैन । यस्तो अवस्थामा उनीहरूलाई मनोवैज्ञानिक परामर्श जरुरी पर्छ ।

बुटवल
कोरोना भाइरसको संक्रमणबाट जोगिन र आवश्यक सावधानी अपनाउन विश्वका धेरै मुलुक लगायत नेपालमा पनि सरकारले लकडाउन भएको आज ६८ औ दिन भइसकेको छ । लकडाउन कहिलेसम्म हुन्छ भन्ने यकिन अझै छैन। लकडाउनका कारण बालबालिकाहरु घरमै रहेको को पनि आज ६८ औ दिन भयो । यस्तो अवस्थामा उनीहरुलाई दिन काट्न गाह्रो परिरहेको छ। कोभिड १९ ले नेपाललाई पनि बालबालिका हरुलाइ प्रत्यक्ष असर पारिसकेको छ । यस संकटको परिस्थितिमा बालबालिकाको सर्वोत्तम हितलाई ख्याल गर्दै सबै अभिभावकहरूले प्रारम्भिक बाल विकासदेखि विभिन्न सिकाइका क्रियाकलापमा सहभागी गराउन प्रोत्साहन गर्नु जरुरी रहन्छ दिनभरि आफ्ना साथीहरूसँग रमाइलो मान्दै सिकिरहेका वा समय बिताइरहेका बालबालिकाहरूलाई घरभित्रै बस्नुपर्दा निश्चित रूपमा केही मानसिक समस्या पार्न सक्छन् । समय बिताउने नाममा बालबालिकाले घन्टौंसम्म टिभी तथा मोबाइलको स्क्रिनमा ध्यान दिइरहेका छन् र शारीरिक रुपमा निष्किय भएका छन्। सानै उमेरमा प्रविधिको पहुँच हुँदा बालबालिकामा रमाइलो मात्र रुचाउने र रचनात्मकता क्षमता ह्रास हुने सम्भावना पनि उत्तिकै हुन्छ । धेरैजसो गुनासो गर्ने भनेको घरमा नानीबाबु किताब कापीमा भन्दा मोबाइलमा बढी झुम्मिने गर्छन् । हाम्रा बालबालिकामा मोबाइलको कुनै गेमको लत लागेको छ भने त्यो कुनै लागुऔषधको लगतभन्दा कम हुँदैन ।तर त्यसो भनेर उनीहरूलाई जबर्जतस्ती त्यसबाट छुटाउन खोजियो भने त्यसले पक्कै राम्रो परिणाम ल्याउँदैन । यस्तो अवस्थामा उनीहरूलाई मनोवैज्ञानिक परामर्श जरुरी पर्छ । लकडाउनका कारण अभिभावकसँगै बालबालिका पनि घरभित्रै कैद भएका छन् ।बाहिर खेल्न जान पाएका छैनन् ।यही भएर अहिले अनलाइन कक्षाको माग बढी भएको हो । उनीहरूको शारीरिक तथा मानसिक विकासका लागि अहिले अनलाइन शिक्षा एउटा अचूक उपाय देखिएको छ ।

अनलाइन कक्षा सुरु हुने बित्तिकै धेरै बच्चाहरु खुसी भएका छन उनीहरु भित्र एउटा छुटटै किसिमको उत्साहा जागृत भएको छ ,अनलाइन शिक्षा भन्नाले त्यस्तो शैक्षिक क्रियाकलाप तथा प्रक्रिया हो, जुन इन्टरनेटका माध्यमबाट दिइन्छ ।इन्टरनेटका माध्यम शिक्षा रेडियो, टिभी, मोबाइल शिक्षा तथा इन्टरनेटबाट दूरशिक्षालगायत विभिन्न प्रकारमा विभाजन गरिएको छ । आम रूपमा अनलाइन शिक्षा प्रभावकारीहुने देखिन्छ त ? हाम्रो देशकासबै नागरिक इन्टरनेट प्रविधिको पहुँचमा छन् त अझसामुदायिक विद्यालयमा पढ्ने बालबालिका, जो ग्रामीण क्षेत्रमान्यूनतम तथा आधारभूत सूचनाको अभावमा छन्,तिनलाई राज्यले अनलाइन शिक्षामा कसरी समेट्छ ? जो मजदुर तथा घरायसी कामदार बनेर पढिरहेका छन्, त्यस्ता बालबालिकाबारे राज्यले के सोचेको छ ? देशका २९ हजार ६ सय ७ सामुदायिक विद्यालयमध्ये कम्प्युटर सुविधा भएको विद्यालयको संख्या जम्मा ८ हजार ३ सय ६६ मात्र छ । सानै उमेरमा प्रविधिको पहुँच हुँदा बालबालिकामा रमाइलो मात्र रुचाउने र रचनात्मकता क्षमता ह्रास हुने सम्भावना पनि उत्तिकै हुन्छ । अर्थात् बिहान–बेलुका हातमुख जोड्न नसक्ने परिवारका बालबालिकाले मोबाइल कम्प्युटरजस्ता सुविधा नपाउँदा उनीहरूको मनमा हिनताबोध उत्पन्न हुन सक्छ ।
तर यसको निहुँमा बालबालिका चौबीसै घण्टा मोबाइल तथा कम्प्युटरमा भुलिन थाले र अभिभावकबाट निगरानी भएन भने अर्का नकारात्मक असर पर्न सक्छ । अभिभावकले अनलाइन कक्षा भन्नेबित्तिकै सबै जिम्मा शिक्षकको मात्रै हो भनेर चुपलागेर बस्ने हो भने यसबाट अपेक्षित उपलब्धि हासिल गर्न सकिँदैन । किनभने यसमा शिक्षक आमनेसामने भएर अध्यापन गरेजस्तो हुँदैन । यसैले अभिभावक आफैं जागरुक भएर कुन शीर्षक हो, के विषयमा छलफल हुँदै छ भनेर चासो लिएर उसको सिकाइमा सहयोग गर्नुपर्छ । अनि मात्र बालबालिको ध्यान पढाइमा केन्द्रित गर्न सकिन्छ । बच्चाले को सँग के सिकिरहेको छ सिकाउने मान्छे कस्तो छ बच्चाको बुझाइ के छ यी सबै कुरामा अभिभावकले ध्यान दिएर बालबालिकाको अनलाइन पढाइमा सहयोग गर्ने हो भनेसोचअनुसारको उपलब्धि हासिल गर्न सकिन्छ । अचेल चरम चर्चा र विवादमा छ, अनलाइन क्लास । सरकारले नीतिगत रुपमा अँगाल्न बाँकी तर शिक्षामा नवीनतम प्रयोग गर्न चाहनेहरुले प्रयोगमा ल्याई सकेको यो माध्यमका विषयमा अरु सबै बहस चल्दै गरोस् तर यो महामारी र २१ औं शताब्दीले दिएको शिक्षाको एउटा नयाँ आयाम भने पक्कै हो । यसका एकथरी समर्थकहरुले भने जस्तो यो शिक्षाको सम्पूर्ण समाधान त हैन, बरु यसलाई शैक्षिक यात्राको नयाँ सवारी साधन चाँही पक्कै मान्न सकिन्छ । किनकी शिक्षण–सिकाई हिजो जे–जस्तो थियो, अनलाइनमा पनि उस्तै छ । शिक्षकले बोल्ने, विद्यार्थीले सुन्नु पर्ने, अंक र परीक्षा केन्द्रित लेखन अभ्यास, गृहकार्य, आदि सवाल अनलाइन वा प्रत्यक्ष कक्षा कुन राम्रो भन्ने भन्दा पनि हाम्रो शिक्षण सिकाईले खोजेको रुपान्तरणको हो । शिक्षकले बोलेर सुनाएपछि विद्यार्थीले सिक्छन् र लेखेपछि सिकाई समाप्त हुन्छ भन्ने बुझाई समाजको हरेक तह र तप्कामा गडेको छ, जुन सर्वथा एकांगी र पुरातन छ । हिजो ज्ञानको अन्य स्रोत नहुँदा शिक्षक नै एकमात्र स्रोत हुन्थ्यो, त्यो बेला यो पद्दती गलत थिएन । तर, आज समय एकदमै बदलिएको छ । सूचना र जानकारीका लागि शिक्षक एकल स्रोत हुनै सक्दैन, यदि कोही बन्न खोज्छ भने त्यो अत्यन्त कमजोर र सुक्ष्म हुन्छ । आज ज्ञानको गंगा गुगलमा बग्दैछ, साईबर संसारमा फैलिएको छ । कोही पनि शिक्षकले यसको बराबरी गर्नै सक्दैन । शिक्षाले परिवर्तन खोजेको छ, रुपान्तरण मागेको छ । कक्षामा हरेक वर्ष विद्यार्थीहरुमा लामो सुन्न नसक्ने, निदाउने, झर्किने, गफिने, मूखाले हुने, हिंसात्मक चरित्र देखाउने, आदि जस्ता विद्रोहको व्यवहारमा बढोत्तरी हुँदै गएको कुराको शिक्षाकर्मीहरु साक्षी त हुन् । तर विकल्पको सही खोजी हुन सकेको छैन ।
लकडाउनमा नपढीकन बस्नुभन्दा अनलाइन भए पनि पढ्न पाउने व्यवस्था पक्कै पनि राम्रो हो। यस अर्थमा हामी भाग्यमानी रहेछौं। यस्ता अनलाइन एप्सलाई पहिले नै पर्याप्त रूपमा चल्तीमा ल्याएको भए, सबैलाई अनलाइन सुविधा पुर्याएको भए सबै विद्यार्थीहरूले पढ्न पाउने थिए।अहिलेको जोखिमयुक्त विषम परिस्थतिमा बालबालिकालाई त्रास भन्दा पनि व्यस्त राख्ने प्रयास गर्नु बुद्धिमानी हुन्छ ।

प्रकाशित मिति : शनिबार, जेष्ठ १७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij