पश्चिम रुकुम- पचिश्म रुकुमको चौरजहारीमा भएको घटनाका बिषयमा मानवअधकिार तथा पत्रकारहरुको टोलीले प्रारम्भिक जानकारी लिन शुरु गरेको छ । मानव अधिकार तथा शान्ति समाजको नेतृत्वमा मानव अधिकार र पत्रकारहरुको टोली शुक्रबार रुकुम र जाजरकोटको स्थलगत अध्ययन अनुमगमा निस्केको हो । शनिबार जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमका प्रहरी प्रमुख डिएसपि ठग बहादुर केसीसँग घटनाका बारेमा जानकारी लिएको छ । डिएसपि केसीले चौरजहारी घटनाको आरोपि २५ जनालाई हिरासतमा लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिए । अझै दुई जना फरार रहेको र उनीहरुको खोजी भइरहेको समेत टोलीलाई जानकारी गराए । घटना निकै संवेदनशिल भएकाले यससँग सम्बन्धित सबै पक्ष र निकायहरुसँग भेट गरि गहन अध्ययन र अनुगमन पश्चात नागरिक स्तरको प्रतिवेदन प्रस्तुत गरिने मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय उपसभापति गोविन्द खनालले जानकारी दिए । टोलीले हिरासतमा रहेका आरोपिहरुलाई समेत भेटघाट गरेको उनले बताए । उक्त टोलीमा संविधानसभा सदस्य विनोद पहाडी, बरिष्ठ पत्रकार बालकृष्ण चापागाई, अधिवक्ता शिव गौडेल, पत्रकारहरु माधव नेपाल, विनोद परियार छन् । शनिबार नै रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि र स्थानीय नागरिक समाजसँग समेत भेटघाट गरेको थियो । टोली घटनास्थल चौरजहारी वडा न. ८ र पिडितपक्षसँग भेट्न जाजरकोट जाने तयारीमा रहेको बरिष्ठ पत्रकार बालकृष्ण चापागाईले जानकारी दिए ।
प्रकाशित मिति : शनिबार, जेष्ठ २४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्