काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काली नदीपूर्वको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि रहेकोमा दुईमत नरहेको भन्दै संविधान संशोधन विधेयकमा कांग्रेसको पूर्ण समर्थन रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा करिब चार मिनेट मात्रै सम्बोधन गरेका देउवाले सुगौली सन्धि १८१६ अनुसार अंग्रेजले छापेको नक्सा र चीनको नक्सामा पनि कालीपूर्व नेपालको भूभाग भएको स्पष्ट भएको बताए ।
उनले केन्द्रीय समिति र संसदीय दलको बैठकले संशोधनको पक्षमा पूर्ण समर्थन गर्ने निर्णय गरेको पनि उनले बताए । कूटनीतिक तवरबाट भूमि फिर्ता ल्याउने अभियानमा पनि कांग्रेसले सरकारलाई साथ दिने बताए ।
प्रकाशित मिति : शनिबार, जेष्ठ ३१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्