किर्तिपुर– रुकुम पश्चिम मा भएको नवराज विक सहित पाचं जना को सामुहिक हत्या र देशभरि भइरहेको दलित समुदाय माथि हत्या तथा जातिय विभेद विरुद्ध साङ्केतिक विरोध स्वरुप आज किर्तिपुरको लोकतान्त्रिक चोक मा नेपाल राष्ट्रिय उत्पिडित विद्यार्थी संगठन र अनेरास्ववियू उत्पिडित राष्टिय सम्पर्क कमिटीको संयुक्त आयोजना मा सडक मा नेता र कलाकार संगसगै भन्ने शिर्षक मा सडक सभा सम्पन्न भएको छ । कार्यक्रममा मा नेकपाका स्थायी कमिटी सदस्य, प्रतिनिधि सभा सदस्य तथा पुर्वमन्त्री छविलाल विश्वकर्माले अपराधि को कुनै पार्टी , जात , धर्म नहुने भन्दै अपराधी लाई बचाउन नेकपा कदापि लाग्ने छैन यसमा सबै विश्वस्त हुन पर्ने बताए । उनले नवराज विक सहित पाच जना लाई जातिय कारणले नै मारेर भेरी मा फालिएको पनि बताए । पिढं का समुदायले न्याय नपाए सम्म राजनितिक क्रान्ति सम्पन्न नहुने भन्दै व्यवस्था परिवर्तनले मात्र दलित मुक्ति नभएको र साँस्कृतिक रुपान्तरणको लागि सबै वर्ग समुदाय एक हुन पर्ने बताउनु भयो । त्यस्तै कार्यक्रममा मा नेकपा केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य अन्जना विशन्खे ले हाम्रा पार्टीहरु मा जातिय भेदभावको बारे मा कुरा उठ्न जरुरी रहेको बताईन । उनले रुकुम नरसंहार लगायत दलित समुदाय माथिको हत्या को बारेमा पार्टी कमिटीको बैठक बस्नु पर्ने माग पनि गरिन् । त्यस्तै कार्यक्रममा मा बोल्दै राष्ट्रिय युवा परिषद् का कार्यकारी उपाध्यक्ष तथा नेकपा केन्द्रीय सदस्यले माधव ढुङगेल ले अब दलित समुदायको न्यायको लागि दलितका संगठन मात्र नभई राष्ट्रिय युवा संघ र अनेरास्ववियू जस्ता परिवर्तन का वाहक संगठन हरु बोल्नु पर्ने बताउनु भयो । राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान का पुर्व अध्यक्ष तथा लोक प्रिय गायक बद्रि पंगेनी ले उत्पिडित समुदायले समानता आउला भनेरै यो व्यवस्था ल्याएका हुन , ठुला जाति संग संगै बसेर खाना खानु नै उपलब्धि जस्तो दलित अन्दोलनको मर्म नरहेको पनि बताए । दलित ले भने जस्तो लोकतन्त्र नभएको पनि गित मार्फत भने । कार्यक्रम मा हुम गेरै ले पनि जातिय विभेदलाई संविधान मा हटाए पनि व्यवहार मा सबै पक्ष चुकेको बताए त्यस्तै कार्यक्रम मा अनेरास्ववियू का नेता मोति वि.क . नेकपा किर्तिपुर का नगर अध्यक्ष विकास महर्जन ले सम्बोधन गरेका थिए । स्थानिय कलाकार वीर प्रसाद वन्शारी र गुजय मालाकार ले नेपाल भाषा मा जातिय विभेदका बारेमा गित गाउनु भएको थियो । कार्यक्रम रवि सेन्चुरीको अध्यक्षता र रामलाल राजवंशी विकेको संचालन मा सम्पन्न भएको थियो ।
प्रकाशित मिति : मंगलबार, असार २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्