युनियनले पत्रकारको कोरोना र दुर्घटना विमा गरयो

युनियनले पत्रकारको कोरोना र दुर्घटना विमा गरयो

अर्घाखाची
नेपाल प्रेस युनियन अर्घाखा“चीले आफ्ना सदस्यहरुका लागि कोरोना बिमा र दुर्घटना बिमा गरेको छ । युनियनले कोरोना कोभिड–१९ को बढ्दो जोखिमका बाबजुद नागरिकलाई सुचना प्रवाह गर्न समाचार संकलनको लागि फिल्डमा खटिनुपर्ने पत्रकारहरुको लागि प्रतिव्यक्ति रु १ लाख बराबरको कोरोना विमा गरेको छ ।
त्यस्तै फिल्ड रिपोटिङ गर्दा दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै युनियनका सबै सदस्यहरुको लागि प्रतिव्यक्ति रु २ लाख रुपैया“को दुर्घटना विमा गरेको छ ।
नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलकी सचेतक एवं कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल, प्रदेश–५ कांग्रेस संसदीय दलकी सचेतक निर्मला क्षेत्री र नेपाली कांग्रेस ढिकुरा गाउ“ कार्यसमितिका सभापति उमेश घिमिरेको विशेष सहयोगमा फिल्डमा खटिनुपर्ने ३६ जना पत्रकारको लागि कोरोना विमा र ६२ जना युनियनकर्मीका लागि दुर्घटना विमा गरिएको नेपाल प्रेस यनियन अर्घाखाचीका सभापति वीरेन्द्र केसीले बताउनुभयो ।
कांग्रेस नेतृ पुष्पा भुसालले कोरोना संक्रमणको जोखिममा रहेर जनतालाई सुचना प्रवाहको काममा खटिनुपर्ने पत्रकारको स्वास्थ्य सुरक्षामा सबै निकाय गंभिर हुनुपर्ने बताउनुभयो । उहा“ले जनतालाई सही सुचना दिने काममा सर्तक रहेर समाचार संकलन गर्न आग्रह गर्नुभयो ।
सांसद निर्मला क्षेत्रीले दुर्घटनाको जोखिमका बाबजुद खटिने पत्रकारको लागि सबैले गंभिर भएर सहयोग गर्नुपर्ने बताउनुभयो । क्षेत्रीले सञ्चारक्षेत्रमा काम गर्ने पत्रकारलाई राज्यले ध्यान नदिएको बताउनुभयो । कांग्रेस ढिकुराका सभापति उमेश घिमिरेले आम नागरिकलाई कोरोना संक्रमणबाट बच्न र जोगिनको लागि पत्रकारले प्रवाह गरेको सुचना तथा खेलेको भुमिका प्रशंसनीय रहेको बताउनुभयो ।
पहिलो चरणमा कोरोनाको जोखिमलाई छल्दै विभिन्न सञ्चारमाध्यममा काम गर्ने ३६ जना पत्रकारको कोरोना विमा गरिएको र चरणबद्ध रुपमा कोरोना बिमा कार्यक्रमलाई जारी राखिने युनियनका सचिव विष्णु खनालले बताउनुभयो ।
सन्धिखर्कमा शाखा रहेको युनाइटेड इन्स्योरेन्स कम्पनीमा कोरोना तथा दुर्घटना विमा गर्न युनियनका अध्यक्ष वीरेन्द्र केसी, सचिव विष्णु खनाल, केन्द्रीय पार्षद प्रेमनारायण आचार्य लगायतका युनियनकर्मीको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : मंगलबार, असार २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij