काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले महामारीका रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारमाथि दबाब सिर्जना गर्न ध्यानाकर्षण प्रस्ताव दर्ता गरेको छ ।
स्वदेश र विदेशबाट एक साथ प्रधानमन्त्रीलाई ‘विशेष ज्ञापन पत्र’ बुझाएको कांग्रेसले बुधबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारमाथि दबाब सिर्जना गर्न प्रतिनिधिसभामा ध्यानाकर्षण प्रस्ताव दर्ता गरेको हो ।
प्रमुख सचेतक बालकृष्ण खाण, सचेतक पुष्पा भुसाल र सांसद गगन थापाले संसद्मा ध्यानाकर्षण प्रस्ताव दर्ता गराएको कांग्रेस संसदीय दलले जनाएको छ । ध्यानाकर्षण प्रस्तावमा कोरोना नियन्त्रणका लागि सरकार संवेदनशील नदेखिएको भन्दै महामारी रोकथामका लागि संसदले चासो राख्नुपर्ने उल्लेख छ ।
प्रकाशित मिति : बुधबार, असार ३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्