प्याप्सन बुटवलद्वारा ९ बुँदे माग राख्दै नगरपालिकामा ज्ञापन पत्र

प्याप्सन बुटवलद्वारा ९ बुँदे माग राख्दै नगरपालिकामा ज्ञापन पत्र

बुटवल –निजि तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याप्सन) बुटवल नगरले विभिन्न ९ बुँदे माग राखि बुटवल उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । प्याप्सन बुटवल नगर समितिका नगर अध्यक्ष कुलराज शर्माको नेतुत्वमा गएको टोलीले उपमेयर गोमा देबि आचार्य र शिक्षा महाशाखा प्रमुख मित्रमणि खनाललाई ज्ञापनपत्र ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझाउदै नगर अध्यक्ष कुलराज शर्माले विश्वब्यापी महामारीको रूपमा फैलिएको कोभिड –१९ का कारण उत्पन्न यो विषम परिस्थितिका कारण स्थानीय सरकारले जारी गरेको सुचनाका आधारमा संस्थागत विद्यालय पुर्णरुपमा बन्द भएको अवस्थामा विद्यालयको आम्दानी विद्यार्थीहरुबाट प्राप्त हुने शुल्क भएकोले सो सम्पुर्ण बन्द भएको बताउनु भयो । अभिभावक र विद्यार्थीहरु शैक्षिक सत्र गुम्ने त्रासले उत्तिकै निरास भएको अवस्थामा संस्थागत विद्यालयहरुले अनलाइन, भर्चुअल, टि.भि, मोबाइल, कम्प्युटर आदि मार्फत विद्यार्थीहरुलाई अध्यापन गर्न खोज्दा समेत सरकारले प्रोत्साहन गर्नुको सट्टा दिनानु दिन फरक–फरक किसिमका अभिब्यक्ति दिदै उक्त पबित्र कार्यलाई समेत निरुसाहित गर्न उद्धत भएको बताउनु भयो ।

कार्यक्रममा प्याब्सन केन्द्रिय सल्लाहकार लोकनाथ उपाध्याय ,केन्द्रिय सदस्य टिकाराम न्यौपाने ,प्रदेश सचीव लालहरी पान्डेय , प्याब्सन बुटवल नगर सचीव मित्र हरि आचार्य लगाएत बुटवल भित्रका सस्थागत बिधालयका प्राचार्यहरुको सहभागिता रहेको थियो ।

९ बुँदे मागहरु
१. स्थानीय सरकारको निर्देशनअनुसार विद्यार्थी भर्ना कार्यक्रम रोकिएकोले विद्यालयहरूले शैक्षिक सत्र २०७६ को बक्यौता समेत लिन नसकेको हुदा कार्यरत शिक्षक कर्मचारीहरूलाई मासिक पारिश्रमिक भुक्तानी गर्न सकिएको छैन तसर्थ यि सस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको जिवन निर्वाहको लागि पारिश्रमिक भुक्तानी गर्ने व्यवस्था तत्काल मिलाउन अनुरोध छ ।
२. लकडाउन अबधिभरको बिजुली, पानी, टेलिफोन, घरजग्गा महशुल छुट गर्ने व्यबस्था गरियोस् . स्थानीय सरकारले लिने सम्पुर्ण किसिमका कर मिनाहा गर्ने व्यबस्था गरियोस् .
३. अनलाइन, भर्चुअल कक्षा, टि.भि, मोवाईल, रेडियो तथा सम्भाव्य सबै खाले वैकल्पिक विधिबाट कक्षा चलाउनका लागि निशुल्क इन्टरनेटको व्यबस्था गरियोस् .
४. भौतिक रुपमा विद्यालय सञ्चालन भएपछि १८० क्रेडिट आवर पुरा गर्ने भएको हुदा १२ महिनाकै मासिक शुल्क लिने औपचारिक ब्यवस्था गरियोस् .
५. कक्षा १ को नयाँ पाठ्यक्रम अनुसारको अग्रेजी माध्यमको पाठ्यपुस्तक अबिलम्ब उपलब्ध गराउने ब्यवस्था मिलाइयोस् .
६. विद्यार्थी भर्नाको कार्यक्रम अगाडि बढाउनका लागि औपचारिक रुपमा नगर शिक्षा समितिले यथाशीघ्र निर्णय गरि सुचना प्रवाह गरियोस् .
७. भर्चुअल लगायतका सबै खाले कक्षालाई मान्यता दिने गरी विद्यार्थीहरुको शैक्षिक सत्र गुम्ने परिस्थितिको अन्त्य गरियोस् .
८. सामुदायिक विद्यालयका निजी स्रोतमा कार्यरत शिक्षक कर्मचारीलाई पारिश्रमिक दिदा संस्थागत विद्यालयका शिक्षक कर्मचारीलाई विभेद नगरियोस् .
९ .केहि सामुदायिक विद्यालयले ग्रेडसिट र स्थानान्तरण प्रमाणपत्र बिना नै भर्ना गर्ने गरेकोले अनिवार्य ग्रेडसिट र स्थानान्तरण प्रमाणपत्र लिएर मात्र भर्ना गर्ने ब्यवस्था गरियोस् ।

प्रकाशित मिति : बुधबार, असार ३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij