आयात प्रतिस्थापन गर्न धानको उत्पादकत्व बढाउन आवश्यक : मुख्यमन्त्री पोखरेल

आयात प्रतिस्थापन गर्न धानको उत्पादकत्व बढाउन आवश्यक : मुख्यमन्त्री पोखरेल

बुटवल । प्र

देश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आयात प्रतिस्थापन गर्न धानको उत्पादकत्व बढाउन आवश्यक रहेको बताउनु भएको छ । धानको उत्पादकत्व र उत्पादन बृद्वि गरि समृद्ध नेपाल सुखि नेपालीको राष्ट्रिय लक्ष हाशिल गर्न सबैको सार्थक सक्रियताका लागि मुख्यमन्त्री पोख्रेलले अपील गर्नुभएको छ ।
राष्ट्रिय धान दिवस –२०७७ को अवसरमा आज शुभकामना सन्देश जारि गर्दै मुख्यमन्त्री पोखेलले केही दशक अघि धान निर्यातको इतिहास बोकेको मुलुकले अहिले चामल आपुर्तिका लागि आयात गरिरहेको उल्लेख गर्नुभएको छ ।
राष्ट्रिय अर्थतन्त्रलाई चलायमान वनाउन र रोजगारीको सुनिश्चितताका लागि धान नेपालको प्रमुख वाली हो भन्दै मुख्यमन्त्री पोखरेलले नेपाली समाजका हरेक सामाजिक र सांस्कृतिक कार्यहरुमा धान अनिवार्य रहेको उल्लेख गर्नुभएको छ । उहांले कोभिड–१९ महामारिले अर्थतन्त्रमा परेको नकारात्मक असरहरू कम गर्न उत्पादन बृद्विबाट सम्भव रहेको जनाउनुभएको छ ।
नेपालमा खेती गरिने कुल क्षेत्रफलको ४७ दशमलव ५ प्रतिसत जमिनमा गरिने धान खेतीको कृषिबाट प्राप्त हुने कुल ग्राहस्थ उत्पादनमा २० प्रतिसत योगदान रहेको मुख्यमन्त्री पोखरेलले उल्लेख गर्नुभएको छ । शुभकामना सन्देशमा मुख्यमन्त्री पोखरेलले क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिसत भन्दा बढि रहेको तथ्यांक छ भन्दै धान उत्पादनमा ५ नं. प्रदेश पहिलो स्थानमा छ भन्नुभएको छ ।
धानको ब्यवसायिकरणको माध्यमबाट रोजगारीको श्रृजना एवं धान चामल निर्यात गर्ने रणनीति बनाउदै प्रदेश सरकार योजनवद्व रूपमा अघि बढेको भन्दै मुख्यमन्त्री पोखरेलले त्यसका लागि खेतीयोग्य जमिनमा सिंचाइकोे उपलब्धता बढाउदै जाने, उन्नत जातका बिउ बिजन र मलखाद किसानलाई सहज रूपमा उपलब्ध गराउने एवं यान्त्रिकरणमा जोड दिने नीति लिएको जनाउनु भएको छ ।

प्रकाशित मिति : सोमबार, असार १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij