चीनमा भेटिएको नयाँ भाइरसले महामारी फैलाउन सक्ने

चीनमा भेटिएको नयाँ भाइरसले महामारी फैलाउन सक्ने

काठमाडौं

चीनमा महामारी फैलाउन सक्ने नयाँ भाइरस पत्ता लागेको छ। सुँगुरबाट मानिसमा सजिलै सर्ने यो भाइरसको प्रकृति सन् २००९ मा म्याक्सिकोबाट फैलिएको स्वाइन फ्लुसँग मिल्दोजुल्दो रहेको वैज्ञानिकले बताएका छन्। हालै चीनका सुँगुर उद्योग व्यवसायीहरुमा गरिएको परीक्षणमा उनीहरुमा यो भाइरसको संक्रमण देखिएको हो।

यो नयाँ भाइरस भएको हुँदा मानिसको शरीरमा यसको लागि आवश्यक रोग प्रतिरोधात्मक क्षमता बृद्धि भएको हुँदैन। तसर्थ कोरोना जस्तै रोग प्रतिरोधात्मक क्षमता कम भएको मानिसमा यो भाइसरले धेरै असर गर्ने विज्ञहरुको भनाई छ। विश्वले हाल कोरोना भाइरस महामारीको अन्त्य गर्ने प्रयास गरेपनि इन्फ्लुएन्जाले पनि महामारी फैलाउन सक्ने खतरा बढेको वैज्ञानिकहरुको चेतावनी छ।

क्याम्ब्रिज विश्वविद्यालयका पशु चिकित्सा विभाग प्रमुख प्रोफेसर जेम्स वुड भन्छन् ‘विगतको तुलनामा हाल मानिसहरु जंगली जनावरहरुको सम्पर्कमा बढी आउन थालेका छन्। त्यसमध्य केही जनावरहरुमा भएका भाइरसहरु मानव शरीरमा प्रवेश गरी नकारात्मक असर पार्ने भएकै कारण महामारी फैलने क्रम बढेको हो। यसको लागि थप अध्ययन भईरहेको छ। तसर्थ नयाँ भाइरसले तत्कालै महामारीको रुप नलिएपनि भविष्यमा यसले महामारीको रुप लिन सक्ने सम्भावना अत्याधिक रहेको विज्ञहरु बताउँछन्।

प्रकाशित मिति : मंगलबार, असार १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij