छलफलमा नेताहरु पार्टी एकता जोगाएर अघि बढ्नुपर्नेमा जोड

छलफलमा नेताहरु पार्टी एकता जोगाएर अघि बढ्नुपर्नेमा जोड

काठमाडौ‌ं ; सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० भित्र विवाद सिर्जना भएपछि शीर्ष नेताहरु छलफलमा जुटेका छन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रधानमन्त्री ओली निकटका नेताहरुसँग छलफल गरेका छन्। छलफलमा नेताहरुले पार्टी एकता जोगाएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्। ुबैठकमा पाटीभित्र देखिएको समस्या समाधान कसरी गर्ने भन्नेमा छलफल भयो। https://i0.wp.com/www.radionrn.com/wp-content/uploads/2020/07/Khumaltar-bhela_Nekapa.jpg?w=920सहभागीहरुले पार्टी एकतालाई जोगाएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छु बैठकमा सहभागी एक नेताले थाहा खबरसँग भने। पार्टीभित्र केही नेताहरुले दुवैतिरको कुरा यताबाट उताबाट यता ल्याउने गर्नुभएको पनि पाइयो। त्यो समस्या नहटेसम्म एकताबद्ध हुन सकिँदैन भन्नेकुरा पनि बैठकमा उठ्यो बैठकमा सहभागी अर्का नेताले भने, ुपार्टीभित्र एक अर्कासँग लडेर मात्रै नहुने भएकाले पार्टीभित्रका समस्या समाधान गर्नका लागि ओली पक्षका नेताहरुले पनि परेको ठाउँमा सक्दो सहयोग गर्ने बताउनुभएको छ।ु पार्टीभित्र समस्या अध्यक्षद्धयबीच बसेर आपसी समझदारीमा समस्या समाधान गर्नुपर्ने ओली निकट नेताहरुको बताएको ती नेताले बताए। अध्यक्ष दाहाल निवास खुमलचारमा बसेको बैठकमा ओलीपक्षबाट छलफलका लागि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, विष्णु रिमाल, सुवास नेम्वाङलगायत भएका थिए। दाहाल नेपाल समूहबाट बैककमा प्रवक्ता नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा, मात्रिका यादव, हरिवोल गजुरेल, सुरेन्द्र पाण्डे लगायतका नेताहरु सहभागी थिए। प्रधानमन्त्री एकलौटी ढंगले चलेको भन्दै अध्यक्ष दाहालसहित वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम प्रवक्ता नारयणकाजी श्रेष्ठलगायत नेताहरुले प्रधानमन्त्री ओलीको दुवै पदबाट राजीनामा माग गरिरहेका छन्।

प्रकाशित मिति : बिहिबार, असार १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij