थप ४७३ जनामा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या १४ हजार ५१९ पुग्याे

थप ४७३ जनामा काेराेना पुष्टि, सङ्क्रमितकाे सङ्ख्या १४ हजार ५१९ पुग्याे

काठमाण्डौ
नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १४ हजार पाँच सय नाघेको छ ।
पछिल्लो २४ घण्टामा चार सय ७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या १४ हजार पाँच सय १९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार बिहीबार एक सय नौ जना महिला र तीन सय ६४ पुरुष गरी कुल चार सय ७३ जनामा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा सङ्क्रमितको सङ्ख्या १४ हजार पाँच सय १९ पुग्दा एक हजार आठ सय ८३ जना महिला र १२ हजार ६ सय ३६ जना पुरुष रहेका छन् ।

अहिलेसम्म प्रदेश १ मा ६ सय ३६ जना, प्रदेश २ मा तीन हजार नौ सय नौ जना, वाग्मती प्रदेशमा पाँच सय पाँच जना, गण्डकी प्रदेशमा एक हजार ८४ जना, प्रदेश ५ मा तीन हजार आठ सय ५३, कर्णाली प्रदेशमा एक हजार पाँच सय १२ जना र सूदुरपश्चिम प्रदेशमा ३ हजार २० जनामा सङ्क्रमण पुष्टि भएको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा चार हजार पाँच सय ३७ जनाको पीसीआर परीक्षण भएको छ । यससँगै अहिलेसम्म दुई लाख ३७ हजार सात सय ६४ जनाको पीसीआर परीक्षण भएको छ ।

देशभर रहेका विभिन्न क्वरेण्टीनमा ३८ हजार एक सय नौ जना रहेका छन् । यस्तै आइसोलेशनमा १० हजार एक सय ३७ जना सङ्क्रमितको उपचार भइरहेको छ ।
गएको असार ९ गते अस्पताल भर्ना भएका शिशुलाई सघन उपचार कक्षमा राखेर उपचार गरिएको र उनको हिजो मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ ।

प्रकाशित मिति : बिहिबार, असार १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij