स्वर्गीय थापाको स्मृतिमा बुटवलमा शोकसभा सहित दीप प्रज्वलन

स्वर्गीय थापाको स्मृतिमा बुटवलमा शोकसभा सहित दीप प्रज्वलन

बुटवल

बुटवल । मेचीमहाकाली बुहारी सुंयुक्त आवाज रुपन्देहीको आयोजनामा स्व. सुस्मिता थापाको आत्माको चिरशान्तिको कामना सहित बुटवलमा दीप प्रज्वलन गरिएको छ ।बुटवलको मिलनचोकमा कोषसभा सहित दीप प्रज्वलन गरिएको हो सो अबसरमा बोल्ने बक्ताहरुले समाजमा महिला हिंसा अन्त्य गर्न सबै एकजुट हुनुपर्ने बताए ।मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोविन्द खनालले महिला हिंसा बढ्दै जानुमा राजनैतिक परिबर्तन सङ्गै सामाजिक , सांस्कृतिक र आर्थिक परिबर्तन हुन नसक्दाको परिणाम साथै दण्डहीनता कारक तत्त्व भएको बताउनुभएको छ । स्वर्गीय सुस्मिता थापाको आत्माको चिरशान्तिको कामना सहित बुटवलमा सम्पन्न दीप प्रज्वलन कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै बरिस्ठ उपसभापति खनालले महिलाहरु उच्च शिक्षित र आर्थिक रुपमा आत्मनिर्भर हुनुपर्ने तथा स्थानीय सरकारले महिला अधिकार केन्द्रित ठोस योजना बनाएर हिंसा अन्त्यको लागि प्रभावकारि पहल गर्न आग्रह गर्नुभएको थियो ।

Image may contain: 4 people, people standing

मेचीमहाकाली बुहारी सुंयक्त आवाज रुपन्देहीका अध्यक्ष लता खड्काको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाकी केन्द्रिय प्रबक्ता मन्जु खांण, सल्लाहकार सीमा बन, सूर्य मरहट्ठा, सह सचिव इन्द्रा बिक लगायतले बोल्दै महिला तथा बालबालिका हिंसा बिरुद्धको अभियान देशब्यापी बनाउनुपर्नेमा जोड दिनुभएको थियो।

Image may contain: one or more people and outdoor
कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका रुपन्देही सभापति डीपी खनाल, सचिव अर्जुन ज्ञवाली, सरोकारवाला एवं सञ्चारकर्मीको बाक्लो उपस्थित रहेको थियो ।
कपिलबस्तु माईत भैइ हेटौडा घर भएकी स्वर्गीय थापाको ससुरा र नन्दले हत्या गरेको प्रहरीले उल्लेख गरेको छ । अभियुक्तहरु अहिले प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित मिति : बिहिबार, असार १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij