जनचासो, गुनासा र प्रभावकारी योजनाको लागि शुद्दोधनको सामाजिक परीक्षण

जनचासो, गुनासा र प्रभावकारी योजनाको लागि शुद्दोधनको सामाजिक परीक्षण

बुटवल,
जनचासो, गुनासा सम्बोधन गर्दै प्रभावकारी योजना निर्माणका लागि शुद्दोधन गाउँपालका रुपन्देहीले सामाजिक परीक्षण कार्यक्रम गरेको छ । दु्रत चालु आर्थिक बर्ष २०७६÷७७ को अन्त्य नहुँदै र आगामी आर्थिक बर्ष २०७७÷७८ को सुरुवात नहुँदै विकासको लागि गाउँपालिकाले सामाजिक परीक्षणको कार्यक्रम गाउँपालिकाका अध्यक्ष किशुनचन्द चौधरीले बताए । चौधरीले जिल्लाका अन्य स्थानिय तहहरुले चालु आर्थिक बर्ष अन्त्य भएपछि समिक्षात्मक कार्यक्रम गर्ने भएतापनि गाउँपालिकाले आर्थिक बर्षको अन्त्य नहुँदै फरक शैलीमा सामाजिक परीक्षण सम्बन्धी कार्यक्रम गरेको बताए । उनलेआर्थिक बर्षको अन्त्य नहुँदै गरिएको सामाजिक परीक्षणको कार्यक्रमले चालु आर्थिक बर्षमा भएका त्रुटीहरुलाई आगामी आर्थिक बर्षमा सुधार गरी प्रभावकारी ढंगले सञ्चालन गर्न सहज हुने बताए ।
जनताका आवश्यकता र समस्यहरुलाई सुस्म रुपमा अध्यन गरेर प्रभावकारी रुपमा योजना कार्यान्वयनमा ल्याउन समाजिक परीक्षणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै उपाध्यक्ष शान्ता देवी ज्ञवालीले जनाको मनोकांक्षलाई समेट्नु नै स्थानिय सरकारको कर्तव्य भएको बताईन । ज्ञवालीले जब सम्म जनतामा मागहरु सम्बोधन हुन सक्दैन तब सम्म स्थानिय सरकार भएको जनतालाई अनुभूति नमिल्ने औल्याउँदै स्थानिय सरकार जनताको र जनता स्थानिय सरकारको भएको बताईन ।

सामाजिक परीक्षणको मुख्य उद्देश्यको बारेमा चर्चा गर्दै प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनीले स्थानिय सरकारको जनउत्तरदायित्वको अवस्था कस्तो छ, के कस्ता योजनाहरु छनौट भए र कार्यान्वयन भएकि भएनन्, सम्पन्न तथा निर्माणाधिन योजनाहरुमा जनताको प्रतिक्रिया के छ, आगामी दिनमा आवश्यक योजनाहरु के–कस्ता ल्याउने, सामाजिक प्रभाव कस्तो छ, लक्षित बर्गको पारिवारिक अवस्था कस्तो छ, गरिबी न्यूनिकरणमा स्थानिय सरकारको भूमिका कस्तो छ , आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य क्षेत्रको विकासको लागि के कस्ता प्रयासहरु भएका छन्, पूर्वाधारको विकास अन्र्तगतमा सम्पन्न योजनाहरु गुणस्तरिय छन् कि छैनन् रुजस्ता कुराहरुको लेखाजोखा गरी गल्तीलाई सुधार्ने र राम्रो पक्षलाई अंगाल्नु नै प्रमुख योजना भएको बताए । अधिकृत मरासिनीले हामी आफै आफ्नो मुल्याङ्कन र अनुगमन ग¥यौं भने त्रुटीहरु कहिल्यै नभेटिने बताउँदै समन्वय र सहजीकरणको लागि पिस नेपाल कपिलबस्तुका शुभाकान्त भुषाल र मणी प्रसाद सहित संस्थागत टिम सँग सहकार्य गरेको बताए ।

१२÷१३ दिन लगाएर गाउँपालिकाका प्रत्येक टोल, बस्ती, सार्वजनिक स्थल, संस्थागत स्थल लगायत सबै क्षेत्रहरु पुगेर स्थलगत रिपोर्ट तयार पारेको पिस नेपाल कपिलबस्तुले देखिएका समस्या, भएका विकास, जनताको चाहना, सुधार गर्नु पर्ने त्रुटीहरु, जनता, स्थानिय बुद्धिजिवी, राजनीतिज्ञ उद्योगी व्यावसायी लगायतको प्रतिक्रिया सहितको विषयबस्तु प्रोजेक्टरको प्रयोगबाट स्लाईड र भिजुअल दुबै शैलीमा सामाजिक परीक्षण कार्यक्रममा प्रस्तुत गरेको थियो । अध्यक्ष किशुन चन्द चौधरीको अध्यक्षतामा भएको सामाजिक परीक्षको कार्यक्रम वडा नं। ३ का वडा सचिव अग्नि प्रसाद पौडेलले गरेका थिए ।

प्रकाशित मिति : आइतबार, असार २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij