नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल;‘प्रधानमन्त्रीले ठोस काम गर्नुपर्नेमा हल्ला गर्ने काम मात्रै भएको टिप्पणी

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल;‘प्रधानमन्त्रीले ठोस काम गर्नुपर्नेमा हल्ला गर्ने काम मात्रै भएको टिप्पणी

उहाँमा कूटनीतिक कौशलता कम्जोर देखिएको छ । प्रधानमन्त्रीले आफ्नो देशको तटस्थता बचाएर राख्नुपर्छ ।’

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तहबाट देखाउनुपर्ने कूटनीतिक कौशलता देखाउन नसक्दा छिमेकी मुलुकसँगको सम्बन्ध विग्रिएको भएको बताउनुभएको छ ।

उहाँले प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा भएको व्यक्तिका कसैलाई काखा र कसैलाई पाखा राख्ने व्यवहार र अभिव्यक्तिले नेपाल कुटनीतिक मामिलामा कम्जोर भएको तर्क गर्नुभयो । ‘अयोध्या भारतको नभई नेपालको हो’ भनेर प्रधाअयोध्या भारतको नभई नेपालको हो’ भनेर प्रनमन्त्री ओलीलेदिएको अभिव्यक्तिप्रति लक्षितगर्दै उहाँले भन्नुभयो,‘प्रधानमन्त्रीका धेरै अभिव्यक्तिहरु विवादित भइरहेका छन् । यसले कतिपय अवस्थामा कुटनीतिक हद पनि पार गरेको छ ।  उहाँमा कूटनीतिक कौशलता कम्जोर देखिएको छ । प्रधानमन्त्रीले आफ्नो देशको तटस्थता बचाएर राख्नुपर्छ ।’

https://external.fbwa3-1.fna.fbcdn.net/safe_image.php?d=AQCN1ivY3lPvAzN9&w=500&h=261&url=https%3A%2F%2Fwww.bikastimes.com%2Fwp-content%2Fuploads%2F2017%2F08%2Framchandra.jpg&cfs=1&ext=jpg&_nc_hash=AQDVWG3u8JPL8lh7

दुइतिहाई बहुमतका साथ सरकारको नेतृत्व गरिरहेको पार्टीको प्रधानमन्त्रीले प्रमाण विहिन कुरा गर्दा त्यसले देशलाई दिर्घकालिन असर पार्ने उहाँको भनाई छ । पौडेलले एउटा छिमेकीलाई काखि च्याप्ने र अर्को छिमेकीलाई नानाथरी भन्ने ओलीको रणनीति गलत भएको दावी गर्दै सीमा सडकदेखि लिम्पियाधुरासम्मको नक्साको विषयमा भारतसंँगको वार्ता अगाडी बढाउनुपर्ने र कागजमा कोरेर मात्र नहुने बताउनुभयो ।

उहाँले प्रधानमन्त्रीले ठोस काम गर्नुपर्नेमा हल्ला गर्ने काम मात्रै भएको टिप्पणी गर्नुभयो । बरिष्ठ नेता पौडेलले पार्टीको आन्तरिक विवादमा चीनलाई प्रवेश गराउनु गलत भएको भन्दै यस्ता महत्वपूर्ण विषयमा प्रधानमन्त्रीले सन्तुलन मिलाउन नसकेको भनाई राख्नुभयो ।

कोरोनाले प्रभावित बनाईरहेको समयमा बाढी पहिरोलागयतका अन्य विपत्तिहरु पनि आइपरेको भन्दै पौडेलले विशेष प्याकेजसहितको राहत घोषणा केन्द्रीय सरकारले नै गर्नुपर्ने बताउनुभयो । उहाँले देशभरीनै बाढी पहिरो आएकाले स्थानीय जनप्रतिनिधिले मात्रै काम गर्न नसक्ने भएकाले केन्द्रीय सरकारले पर्याप्त स्रोत साधनको व्यवस्था गरिदिनु पर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : मंगलबार, असार ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij