तिलोत्तमा ।
आयोजनाले सामाजिक उत्तरदायित्व अन्तर्गत् दुई कोठे भवन निर्माण गरी नगरपालिकामार्फत् मगरघाट विकास तथा व्यवस्थापन समितिलाई बुधबार हस्तान्तरण गरेको हो ।
आयोजना प्रमुख हरिप्रसाद पाण्डेले तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेमार्फत् समितिका अध्यक्ष पदमप्रकाश रानालाई भवन हस्तान्तरण गरे । आयोजनाले भवनसँगै मगरघाटमा विद्युत् ट्रान्सफर्मर समेत राखिदिएको छ । भविष्यमा बन्न सक्ने विद्युतीय शवदाह गृहको आवश्यकतालाई समेत पूरा गर्नेगरी आयोजनाले विद्युत् ट्रान्सफर्मरको व्यवस्था मिलाएको हो । किरियापुत्री भवन र ट्रान्सफर्मरको लागत झण्डै २५ लाख रहेको आयोजनाले जानकारी दिएको छ ।
कार्यक्रममा तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले सामाजिक उत्तरदायित्व अन्तर्गत् आयोजनाले निर्माण गरेको किरियापुत्री भवनबाट सबैले लाभ लिनसक्ने उल्लेख गरे । योगिकुटीबाट १३२ केभी लाइन सियारी गाउँपालिकाको वडा नं२ मैनहिया पुर्याएर सव(स्टेशन निर्माण गर्नेगरी विद्युत् प्राधिकरणले यो आयोजना सुरु गरेको हो । योगिकुटीदेखि मगरघाटसम्म १३२ केभी विद्युत् लाइन अन्डरग्राउण्ड गरी लैजाने र त्यसपछि टावरमार्फत् मैनहियासम्म पुर्याउने गरी काम भैरहेको छ ।
प्रकाशित मिति : बुधबार, असार ३१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्