एनआइसीले ल्याएको सुपर चमत्कारिक कर्जा योजना अव घर, गाडी र व्यवसाय कर्जा ८.२५ प्रतिशत ब्याजदरमा

एनआइसीले ल्याएको सुपर चमत्कारिक कर्जा योजना अव घर, गाडी र व्यवसाय कर्जा ८.२५ प्रतिशत ब्याजदरमा

 

तिलोत्तमा ।

एनआइसी एसिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । कोरोनाका कारण व्यवसाय रोकिएको अहिलेको अवस्थामा नयाँ कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा योजना ल्याएको हो । बैंकको प्रदेश ५ कार्यालयले दिएको जानकारी अनुसार यो योजनामा बैंकले ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्क (सेवाशुल्क) मा उक्त कर्जाहरु उपलब्ध गराउने छ । यस्तो ब्याजदर एक वर्षसम्म परिवर्तन नहुने पनि बैंकले जनाएको छ ।

सुपर चमत्कारिक घर कर्जा अन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, घर निर्माण गर्नका लागि जग्गा खरिद जस्ता कामका लागि ऋण लिन सकिने बैंकका प्रदेश कार्यालय प्रमुख तिलकसुन्दर कार्कीले जानकारी दिए । यसरी ऋण लिँदा ऋणको अवधि पाँच देखि ३० वर्षसम्म हुने छ । घर कर्जा योजनामा अधिकतम १ करोड ५० सम्म ऋण पाइने कार्कीले बताए ।

घर निर्माण गर्नेको हकमा बैंकले निर्माण लागतको शत प्रतिशतसम्म ऋण दिन सक्ने छ । घर निर्माणका लागि अधिकतम ५ वर्षसम्म ऋणीले ब्याजमात्र तिरे हुन्छ । त्यस्तै ऋणको वार्षिक किस्ता ऋणी आफैले निर्धारण गरेर पनि तिर्न सक्ने बैंकका प्रदेश प्रमुख कार्कीले बताए ।

सुपर चमत्कारिक सवारी कर्जा अन्तर्गत रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी र विद्युतीय सवारीका लागि ऋण पाउन सकिने छ । अन्य बैंकबाट सवारी कर्जा लिइरहेकाले पनि सारेर एनआइसीको यो योजनाको सुविधा लिन सकिने बैंकले जानकारी दिएको छ । यो योजनामा अधिकतम २ करोडको ऋण तोकिएको छ । यस्तो ऋण लिंदा सवारी धितो राखेमा ऋणको अवधि १० वर्षको र सवारी र घजग्गा सयुक्त धितो राखेमा १५ वर्षको अवधि हुने छ ।

साना तथा मझौला उद्योग व्यवसाय कोरोना भाइरस महामारीले प्रभावित हुँदै गइरहेको अवस्थामा साना तथा मझौला उद्योग व्यवसायलाई प्रोत्साहन गर्न यही साउन १ गतेदेखि सुपर चमत्कारिक व्यवसाय कर्जा योजना ल्याएको बैंकले जानकारी दिएको छ ।

यो योजनामा उद्योगी तथा व्यवसायीहरुले आफ्नो व्यवसायको आवश्यकता अनुसार आवधिक कर्जा तथा ओभरड्राफ्ट मिश्रित रुपमा उपभोग गर्न सक्ने छन् । यो ऋणको अधिकतम सीमा १ करोड तोकिएको छ ।

सुपर चमत्कारिक कर्जा योजनामा आवश्यक कागजपत्र पुगेपछि ४८ घण्टाभित्र निर्णय दिने बैंकले प्रतिबद्धता जनाएको छ । क्रृणका लागि आवेदन दिन बैंकको वेबसाइट मार्फत् वा ३४४८८ मा लोन टाइप गरी एसएमएस वा बैंकको ९८०१२२७७५५ नम्बरमा मिस कल गरी थप जानकारी लिन सकिने बैंकका प्रदेश प्रमुख कार्कीले बताउनुभयो ।

प्रकाशित मिति : शुक्रबार, साउन २ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij