काठमाडौँ
कृषि ऋण लिएका ऋणीलाई कृषि क्रेडिट कार्ड जारी गरिने भएको छ । चालु आर्थिक वर्षको सुरुदेखि कृषि कर्जाको नेतृत्व कृषि विकास बैंकलाई दिएँसगै उक्त कार्ड पनि जारी गर्न लागिएको हो ।यसका लागि कृषि विकास बैंकले कृषि ऋणपत्र जारी गरिने पनि राष्ट्र बैंकले बताएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक कार्यक्रममा राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले यस कुराको जानकारी दिए ।कृषि क्षेत्रको कर्जा परिचालन गर्न कृषि बैंकलाई अगुवा बैंक बनाइने कृषि विकास बैंक मार्फत कृषक कार्ड परिचालन गरिने भएको छ । २०८१ असाढ मसान्तसम्म बैंकहरुले आफ्नो कुल कर्जाको न्यूनतम १० प्रतिशत उर्जा क्षेत्रमा लगानी गर्नुपर्ने छ । कोभिड–१९ बाट अति प्रभावित पर्यटन क्षेत्र पुनरुउत्थानको लागि कर्जा परिचालनमा प्राथमिकता दिने सहुलियतपूर्ण कर्जा परिचालनका लागि प्रदेशगत रुपमा संख्याको सीमा तोकिएको छ ।अब सेयर लगानीकर्ताले बैंकबाट सेयर धितोमा कर्जा लिदा धितोको ७० प्रतिशतसम्म लिन सक्ने छन् । यसअघि यस्तो सीमा ६५ प्रतिशत थियो । यो व्यवस्थाले सेयर बजारमा सकारात्मक प्रभाव पर्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति : शुक्रबार, साउन २ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्