बुटवल
३८ औं विपि स्मृति दिवशको अवसर पारेर विपि प्रतिष्ठान बुटवलले आज अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले विपि नेपाली काँग्रेसको मात्र नभइ आम नेपालीको साझा नेता भएको बताए । देश र जनताको सर्वोपरी हितकालागि विपिले देखाएको बाटो अबलम्बन गर्दै उनका बिचार,सिद्धान्त र निष्ठाको राजनीतिलाइ आत्मसाथ गर्नु पर्नेमा वक्ताहरुले जोड दिए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाकले विपिको निष्ठाको राजनीति,बिचार र सिद्धान्तको सान्दर्भिकता झन बढेर गएको बताउाुभयो । देश र जनताको सर्वोपरी हितकालागि नेपाली काँग्रेस विपिले कोरेको बाटोमा एकढिक्का भएर अगाडी बढने उहाले बताउनुभयो ।
पुर्व राज्यमन्त्री समेत रहनु भएका सभापती रज्जाकले दुइ तिहाइको सरकारले महामारीबाट जनतालाइ जोगाउनुको साटो करोडौ भ्रष्ट्रचार गरेर आम जनताको स्वास्थ्यमाथि गम्भिर खेलवाड गरेको बताउनुभयो । ओली सरकार इतिहासकै भ्रष्ट र नालायक भएको दावी गर्दे उहाले काँग्रेसले त्यसका बिरुद्ध खबरदारी गर्दै देश र जनताको हितकालागि अझ बढी जागरुक भएर अगाडी बढीरहेको बताउनुभयो ।
विपि प्रतिष्ठान बुटवलका अध्यक्ष युवराज गिरीको अध्यक्षता सचिव खिमानन्द भट्टराइको संचालनमा भएको कार्यक्रममा काँग्रेस महासमिति सदस्य बालकुमारी भण्डारी,क्षेत्रीय उपसभापती पर्शुराम ढकाल,बुटवल नगर सभापती खेलराज पाण्डे,पुर्व नगर सभापती रामप्रसाद खनाल,प्रतिष्ठानका उपाध्यक्ष बिमलराज भट्टराइ लगायतले बोल्दै दुइ तिहाइको सरकार आम जनताको साझा बन्न नसकेका बेला नेपाली काँग्रेस शसक्त र क्रियासील भएर अगाडी बढनु पर्ने बताउनुभयो । वक्ताहरुले विपिकै सिद्धान्त र बिचारलाइ अनुसरण गर्दै नेपालका कम्युनिष्टहरुले समेत संसदिय पद्यतीलाइ अंगीकार गरेर यहाँ सम्म आएको बताए ।
प्रकाशित मिति : सोमबार, साउन ५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्