काठमाडौं ।
सरकारले साउन १५ गतेदेखि होटल–रेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको छ ।सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्री डा युवराज खतिवडाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै होटल रेष्टुरेन्ट संचालन गर्ने दिने निर्णय भएको जानकारी गराउनुभएको हो ।
तर, सामुहिक रुपमा गरिने भोज भतेर, पार्टी सेमिनार जस्ता गतिविधि भने होटल रेष्टुरेन्टमा गर्न पाइनेछैन ।
यस्तै भदौ १ देखि विद्यालयमा विद्यार्थी भर्ना अभियान थाल्ने निर्णय पनि सरकारले गरेको छ । यसैगरी परीक्षाका कार्यक्रम र शैक्षिक गतिविधि सुरु गर्ने निर्णय पनि सरकारले गरेको छ ।
यस्तै सरकारले अन्तरजिल्ला यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । भदौ १ गतेबाट अन्तरजिल्ला यातायात संचालन गर्ने निर्णय भएको खतिवडाले जानकारी दिनुभयो ।
यस्तै, ट्रेकिङ र ट्राभल व्यवसाय पनि खोल्न दिने निर्णय पनि सरकारले गरेको छ ।
कोरोना भाइरसको महामारी रोक्न भन्दै गत चैत्र ११ गतेदेखि सरकारले लगाएको लकडाउन अब अन्त्य भएको पनि मन्त्री खतिवडाले बताउनुभयो।
यसैगरी, हालै आएको बाढी पहिरोमा परि घाइते भएकाहरुको उपचारको व्यवस्था सरकारले गर्नेभएकोछ । मृतकका परिवार, घाइते र अशक्तलाई यथोचित राहतको व्यवस्था पनि गर्ने निर्णय भएको खतिवडाले जानकारी दिनुभयो ।
प्रकाशित मिति : मंगलबार, साउन ६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्