काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लकडाउन खुलेपछि कोरोना, बाढीपहिरोको क्षति लगायतका विषयमा पहिलोपटक सरकारको ध्यानाकर्षण गराएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण गराएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । पौडेलले विज्ञप्ति जारी गर्दै सभापति देउवाले संक्रमितको संख्या बीस हजार पुग्न लागेको र तीन दर्जन बढीको मृत्यु भएको स्थितिमा लक डाउन खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माणका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उल्लेख गरेका छन् ।
सभापति देउवाले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने काममा तिब्रता दिनपनि आग्रह गरेका छन् । देउवाले बाढी पहिरोका कारण भएको क्षतिका बारेमा समेत प्रधानमन्त्रीसँग छलफल गरेका छन् ।पौडेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘बाढी र पहिरोमा परेर देशका विभिन्न स्थानमा कयौंको मृत्यु, कयौं बेपत्ता र सयौं घरबार बिहिन भएको हुंदा सरकारले उद्धार, राहत र पुनर्स्थापनाका लागि युद्धस्तरमा कार्य गर्न सभापतिले आग्रह गर्नुभएको छ । कोरोनाका कारण सिर्जना भएका चुनौतीहरुका कारण उब्जिएका विभिन्न क्षेत्रका असन्तुष्टि र आन्दोलनहरुले अघि सारेका जायज मागहरूलाई गम्भीरतापूर्वक लिएर सम्बोधन गर्न पनि सभापति देउवाले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको मुख्यसचिव पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति : बिहिबार, साउन ८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्