बुटवल-रुपन्देहीमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन । पूर्ब पश्चिम राजमार्ग अन्र्तगत सैनामैना १ बनकट्टामा भएको दुर्घटनामा प्यूठानको स्वर्गद्धारी नगरपालिका ५ का ४० बर्षिय होमबहादुर घर्तिमगरको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरि नायव उपरिक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।
बुटवलबाट पश्चिम तर्फ जाँदै गरेको लु २ च २०२१ नम्बरको पिकअफ गाडीलाई बिपरित दिशाबाट आउदै गरेको लु १ ख ४७९५ नम्बरको ट्रकले ठक्कर दिदा दुर्घटना भएको प्रहरीले बताएको हो । दुर्घटनामा परी मृतक घर्तिमगरकी श्रीमती सहितका घाइतेहरुको लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । मृतक र घाइते सबै जिपमा सवार यात्रु हुन ।
प्रकाशित मिति : आइतबार, साउन ११ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्