ऐन कानुन विपरितका नियुक्ती खारेज गर : तरुण दल तिलोत्तमा

ऐन कानुन विपरितका नियुक्ती खारेज गर : तरुण दल तिलोत्तमा

बुटवल
ऐन कानुन बिपरित गरीएका नियुक्ती खारेज गर्नुपर्ने, अनियमितता र बेथितिको अन्त्य हुनु पर्ने ऐतिहासिक तथा पुरातात्विक सम्पदा सहित सार्वजनिक जग्गाको संरक्षण गर्नु पर्ने लगायतका माग राख्दै नेपाल तरुण दल तिलोत्तमा नगर समितिले आज मणिग्राममा बिरोध प्रदर्शन गरेको छ ।
तिलोत्तमा नगरपालिकाले मनमौजी रुपमा ऐन कानुन बिपरित सल्लाहकार तथा अन्य पदमा कर्मचारी नियुक्त गरी खर्च बढाएको, ९ करोड बढी बेरुजु देखिएको,प्राचिन सम्पदा संरक्षण गर्नुको साटो नगरपालिकाले नै बुद्धकालिन पोखरी मासेको भन्दै त्यस्ता कार्य तत्काल रोक्न तरुण दलले माग गरेको हो । तरुण दल तिलोत्तमा नगर समितिका अध्यक्ष खिम क्षेत्रीले नगरपालिकाले कानुन बिपरित बिभिन्न पद सृजना गरी कार्यकर्ता भर्ती गरेर जनताले तिरेको करको दुरुपयोग गरीरहेको बताए । राजनीतिक प्रभावका आधारमा सार्वजनिक जग्गाहरु मनपरी बितरण गर्न खोजेको, वडा नं। ११ मा रहेको बुद्धकालिन पोखरी संरक्षण गर्नुको साटो नगरपालिकाले नै पोखरी अतिक्रण गरेर भवन बनाइरहेको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न अध्यक्ष क्षेत्रीले माग गरे । सार्वजनिक तालतलैया तथा पोखरी संरक्षणको दायित्व स्थानीय सरकारको भएपनि तिलोत्तमा नगरपालिकाले भने नमुना काम देखाउने लहडमा वडा नं ११ को प्राचिन पोखरी माथि पिल्लर उठाएर वडा कार्यालय बनाइ रहेको छ ।
राजनीतिक प्रभावका आधारमा सार्वजनिक जग्गाहरु मनपरी बितरण गर्ने, प्राचिन सम्पदा मास्ने,कानुन बिपरित कार्यकर्ता भर्ती गरी जनताले तिरेको करको दुरुपयोग गर्ने कार्य तत्काल रोक्नु पर्ने माग तरुणहरुले गरेका छन । ६ लेन सडकको बिचमा राखीएका बुद्ध मुर्ती फोड्ने अपराधी पत्ता लगाइ कारबाहीकालागि पहल गर्नु पर्ने माग उनीहरुको छ । ९ करोड ४० लाख रकम बेरुजु खै ,सडकका रुख काटने अपराधी खोइ रुपुरातात्विक सांस्कृतिक सम्पदा मास्न पाइदैन,ऐन कानुन बिपरितका नियुक्ती खारेज गर, र्सावजनिक जग्गा संरक्षण गर’ लेखिएका प्लेकार्ड सहित तरुण युवाहरुले तिलोत्तमा नगरपालिका कार्यालय अगाडीको सडकमा बिरोध प्रर्दशन गरेका थिए ।

प्रकाशित मिति : सोमबार, साउन १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij