कालीकोट – कालीकोटको नरहरिनाथ गाउँपालिकामा पहिरोले घर पुरिँदा दुई परिवारका नौ जनाको ज्यान गएको छ । अन्य दुई जना घाइते भएका छन् ।
राति पहिरोले घर पुरिँदा वडा नम्बर ७ का सात जना र वडा नम्बर ४ का दुई जनाको ज्यान गएको हो ।
वडा नम्बर ७ का ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उहाँसहित ६३ वर्षीया श्रीमती नैना, २३ वर्षीया बुहारी कुशा, १९ वर्षीया छोरी विमला, १० वर्षीया नातिनी चना, आठ वर्षीय नाति रामबहादुर र ६ वर्षका चरित्र बुढाको ज्यान गएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले उज्यालोलाई जानकारी दिनुभयो ।
यस्तै वडा नम्बर ४ का ६५ वर्षीय बाले बुढाको घर पुरिँदा उहाँ र उहाँकी ६५ वर्षीया श्रीमती मनाको ज्यान गएको पनि विष्टले बताउनुभयो ।
गाउँपालिकाका अरु ठाउँमा पनि पहिरो खसेको र उद्धारको काम भइरहेको उहाँले जानकारी दिनुभएको छ ।
प्रकाशित मिति : बुधबार, साउन १४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्