बुटवल ।
विप्लव समूहका रुपन्देही इन्चार्ज संगम पुनसहित १० भन्दा धेरै नेता कार्यकर्ता पक्राउ परेका छन् ।
बुटवलको मोतीपुर क्षेत्रबाट विप्लवका जिल्ला इन्चार्ज संगम पुन र नेताहरु विश्वास भट्टराई, नवीन थारु, माधव न्यौपाने, अजमहमद मियालगायतलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । विप्लव निकट एक नेताले जिल्ला इन्चार्जसहित नेता कार्यकर्ता पक्राउ परेको जानकारी दिए पनि रुपन्देही प्रहरी प्रमुख हेमकुमार थापाले केही नेताहरु पक्राउ गरिएको र यकीन विवरण पछि दिइने प्रतिक्रिया दिए ।
प्रकाशित मिति : शुक्रबार, साउन १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्