बैदेशिक रोजगारका क्रममा मृत्यु भएका परिवारलाई सियारी गाउँपालिकाले ५० हजार दिने

बैदेशिक रोजगारका क्रममा मृत्यु भएका परिवारलाई सियारी गाउँपालिकाले ५० हजार दिने

रुपन्देही।

रुपन्देहीको सियारी गाउँपालिकाले बैदेशिक रोजगारका क्रममा मृत्यु भए मृतकका परिवारलाई रु. ५० हजार दिने भएको छ । तेस्रो तथा खाडी मुलुकमा गै बैदेशिक रोजगारका क्रममा मृत्यु भए मृतकका परिवारलाई आत्मानिर्भर गराउने उद्देश्यले सो रकम दिने गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताउनु भयो ।

बैदेशिक रोजगारका क्रममा सियारी–५ बस्ने अमृत जि।सी।को साउदी अरवमा मृत्यु भए पछि उनको शोक सभा कार्यक्रममा गाउँपालिका अध्यक्ष अयोध्या थारुले यस्तो कुरा बताउनु भएको हो ।

घरमा आर्थिक अवस्थ कम्जोर भएर बैदेशिक रोजगार गर्न जानु बाध्यता हो, बैदेशिक रोजगारका क्रममा मृत्यु भए घरका सदस्यहरुको विचल्ली वा परिवारको आर्थिक स्थिति झन् कम्जोर हुनसक्ने भएकोले यस कुरालाई मध्यनजर गर्दै मृतकका परिवारलाई आर्थिक सहयोग गरिने उहाँले बताउनु भयो ।

उहाँले भन्नु भयो– “बैदेशिक रोजगारका क्रममा साउदी अरवमा अमृत जि।सि।को दुःखद् निधन भयो, परिवारमा आम्दानीको स्रोत गुम्ने भयो, परिवारलाई आत्मानिर्भर बनाउन गाउँपालिकाले सहयोग गर्छ, सहयोगका लागि रु।५० हजार रकम गाउँपालिकाको तर्फबाट दिईने छ र अब उपरान्त तेस्रो तथा खाडि मुलुकमा रोजगारका शिलशिलामा मृत्यु भए मृतकका परिवारका नजिकका सदस्यलाई गाउँपालिकाले ५० हजार दिईनेछ जसले व्यावसाय वा अन्य काम गरि आत्मानिर्भर हुन सहयोग मिल्ने छ ।”

सहयोग रकम तथा राहत पाउनका लागि वैदेशिक रोजगारका क्रममा मृत्यु भएका ब्यक्ति र मृतकका परिवार सियारी गाउँपालिका भित्रका स्थायी बासिन्दा हुनु पर्ने र तेस्रो तथा खाडी मुलुकमा रोजगारका शिलशिलामा मृत्यु भए मात्र सो रकम मृतकका पारिवारका नजिकका सदस्यले पाउने गाउँपालिका उपाध्यक्ष तथा प्रवक्ता अमृता गुरुङले बताउनु भयो ।

प्रकाशित मिति : शुक्रबार, साउन १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij