राष्ट्रिय सभाका विषयगत समिति सभापतिहरू निर्विरोध निर्वाचित

राष्ट्रिय सभाका विषयगत समिति सभापतिहरू निर्विरोध निर्वाचित

काठमाडौँ
संघीय संसद राष्ट्रिय सभा अन्तर्गतका विषयगत समितिहरूमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् ।
दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा पर्शुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिडारी र राष्ट्रिय सरोकार समन्वय समितिमा दिलकुमारी थापा रावल पार्वती निर्वाचित भएकी हुन् ।
बिहीबार मनोनयन दर्ता हुँदा चारवटै समितिमा एक(एक जनाको मात्रै उम्मेदवारी परेको थियो । उक्त निर्वाचनको घोषणा शुक्रबार भएको हो ।
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा निर्वाचित भएका बिडारीले यसअघि प्रत्यायोजित विधायन, सरकारी आश्वासन र राष्ट्रिय महत्त्वका दास्तावेजलाई व्यवस्थापन गर्ने कार्यको सुरुवात भएको र अब कार्यान्वयनमा जाने बेला भएको बताए । उनले सरकारलाई कानून निर्माणमा सचेत गराउने, संवैधानिक अंगहरूलाई सचेत गराउने कार्यलाई प्रभावकारी बनाइने बताए । उनले भने, ‘अब सरकारलाई छोडिन्न । अब सरकारलाई के छोडिन्न भने मनलाग्दी कानुन बनाउन छोडिन्न । अब सरकारलाई नियन्त्रण गरिन्छ । सरकारलाई सचेत गराइन्छ र संवैधानिक अंगहरूलाई पनि कानुन मनलाग्दी बनाउन पाइँदैन भनेर रोकिन्छ । चाहे निर्वाचन आयोग होस्, चाहे अख्तियार दुरुपयोग अनुसन्धान आयोग होस्, चाहे सर्वोच्च अदालत होस्, कानुन बनाउने निकाय ती होइनन् । त्यसकारण तिनीहरूले कानुन बनाउँदा संसदलाई शिरोधार्य गरेर, संसदको न्यायीक अधिकार नमिच्ने गरी संघीय संसदको क्षेत्राधिकार भित्र बसेर हामी उनीहरूलाई प्रत्यायोजित सम्बन्धमा निगरानी गर्छौं, नियन्त्रण गर्छौं, निर्देशन दिन्छौं र कार्यान्वयन गराउँछौं ।’दिगो विकास तथा सुशासन समिति सभापतिमा निर्वाचित भट्टले समितिले यसअघि सुरु गरेका कार्यक्रमलाई पूर्णता दिँदै सरकारलाई थप सचेत बनाउने कामलाई अगाडि बढाउने बताइन् । उनले विभिन्न मन्त्रालय अन्तर्गत के के काम भइराखेको छ र सरकारले के गरिरहेको छ भन्ने विषयलाई निगरानी गर्ने बताइन् । उनले भनिन्, ‘हाम्रो कार्ययोजना विभिन्न मन्त्रालय अन्तर्गत १७ वटा लक्ष्यहरू छन । ती मन्त्रालय अन्तर्गत के के काम भइराखेको छ र खासगरीकन हाम्रो यो समितिले सरकारलाई कहाँ के भइराखेको छ भन्ने कुरामा हामीले निगरानी गर्नेछौं ।’राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति थापाले वार्षिक कार्ययोजना निर्माण गरी समितिका काम कारबाहीलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरिन् ।समिति सभापतिमा निर्वाचित गुरुङ र थापा सत्तारुढ नेकपाका सांसद हुन् भने भट्ट प्रमुख प्रतिपक्षी कांग्रेसकी सांसद हुन्  बिडारी भने राष्ट्रपतिद्वारा मनोनित सांसद हुन् ।

प्रकाशित मिति : शुक्रबार, साउन २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij