बुद्धबारे भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति माधव नेपालको आपत्ति

बुद्धबारे भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति माधव नेपालको आपत्ति

काठमाडौं ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्धलाई महान् भारतीय भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।

नेपालले सामाजिक सञ्‍जालमा आफ्ना भनाइ राख्दै जयशंकरको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन्। ‘भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई महान् भारतीय भन्दै गरेको प्रचार तथ्यहीन र आपत्तिजनक छ,’ उनले भनेका छन्, ‘ऐतिहासिक तथ्य, प्रमाण र पुरातात्विक अध्ययनबाट समेत बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका बाँकी नरहँदा, नरहँदै बेलाबखत भारतीय नेताहरूबाट व्यक्त हुने यस्ता असंवेदनशील र गलत कुराले दुई देशबीचको सम्बन्धमा प्रतिकूल असर पार्दछ भन्‍ने कुरा ख्याल गर्न म ध्यानाकर्षण गराउँछु ।’

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको क्रममा संसद भवनमा सम्बोधन गर्दै बुद्ध नेपालमै जन्मिएको बताएको पनि स्मरण गरेका छन्।

‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा हाम्रो संसदमै बुद्ध नेपालमा जन्मिएका हुन् भनेर स्पष्ट रूपमा उल्लेख गरेको सन्दर्भमा भारतीय जिम्मेवार अधिकारीबाट यस्ता अभिव्यक्ति आउनु थप दुस्खद् रहेकाले यसबारेमा नेपाल सरकारलाई औपचारिक रूपमै भारतसँग कुरा गर्न अनुरोध गर्दछु’, उनले भनेका छन्।

प्रकाशित मिति : आइतबार, साउन २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij