सरकारले होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न नदिने

सरकारले होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न नदिने

काठमाण्डाै

सरकारले होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न नदिने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न नदिने तर प्याकिङ गरेर खाना/खाजा भने डेलिभरी गर्न दिने निर्णय गरेको हो ।यसअघि गएको साउन ५ गतेको बैठकले साउन १५ गतेदेखि होटल तथा रेस्टुरेन्ट खोल्न दिने निर्णय गरेको थियो । तर सामाजिक दुरी पालना नगरेको, भिडभाड गरेको र कोरोनाबाट बच्नको लागि अपनाउने उपाय नअपनाएकाले होटल तथा रेस्टुरेन्ट बन्द गर्ने निर्णय भएको अर्थ एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो ।

पछिल्लाे समय नेपालमा काेराेना सङ्क्रमणकाे जाेखिम बढिरहेकाे छ ।

प्रकाशित मिति : मंगलबार, साउन २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij