तीन महिनापछि नेपाल–भारतबीच पहिलो पटक छलफल हुँदै

तीन महिनापछि नेपाल–भारतबीच पहिलो पटक छलफल हुँदै

काठमाण्डाै

नेपालको भूमिमा भारतले सडक बनाएपछि ठप्प भएको नेपाल–भारत संवाद फेरि सुरु हुने भएको छ । भारतीय अनुदानमा नेपालमा निर्माण भइरहेका आयोजनाको समीक्षा गर्न अगस्ट १८ तारिखमा भिडियो संवाद हुन लागेको भारतीय सञ्चारमाध्यम ‘द इण्डियन एक्सप्रेस‘ ले जनाएको छ ।

भिडिओ संवादको नेतृत्व नेपालको तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागीले र भारतको तर्फबाट नेपालका लागि भारतीय राजदूत विजयमोहन क्वात्राले गर्ने द इण्डियन एक्सप्रेसले जनाएको छ । भिडिओ वार्तामा कोरोना भाइरसको महामारीका विषयमा पनि छलफल हुनेछ ।

भारतले भूकम्पपछिको पुनर्निर्माण, हुलाकी राजमार्ग, रेल, पुलिस तालिम केन्द्र, पेट्रोलियम पाइपलाइन लगायतका परियोजनामा सहयोग गरिरहेको छ । भारतले यो वर्षको बजेटमा आठ सय करोड भारतीय रुपैयाँ विनियोजन गरेको छ । यी परियोजनाको विषयमा संवाद हुनेछ ।

सन् २०१९ को नोभेम्बरमा भारतले जारी गरेको नक्सामा नेपाली भूमि पनि समावेश गरेपछि दुई देशबीचको सम्बन्ध चिसिएको थियो ।

त्यसपछि गएको मे महिनामा भारतीय रक्षा मन्त्री राजनाथ सिंहले नेपाली भूमि लिपुलेक हुँदै तिब्बतको कैलाश मानसरोवर जाने बाटो उद्घाटन गरेपछि विवाद झनै बढ्यो र संवादविहीनताको अवस्था सिर्जना भएको छ ।  भारतको त्याे व्यवहारपछि नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीको भू–भाग समेटेर नयाँ नक्सा जारी गरिसकेको छ । यो विषयलाई लिएर नेपाल र भारतबीच तनाव उत्पन्न भएको छ भने द्विपक्षीय संवाद पनि ठप्प भएको छ ।

नोभेम्बरमा भारतले नयाँ नक्सा जारी गरेपछि नेपालले वार्ताको लागि भारतलाई पटक–पटक अनुरोध गरेपछि मार्च महिनामा वार्ता गर्ने सहमति भएको थियो । तर कोरोना भाइरसको महामारीलाई कारण देखाएर भारतले एकतर्फी रुपमा वार्ता स्थगित भएको जानकारी दिएको थियो ।

गएको मे ११ तारिखमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र नेपालका लागि भारतीय राजदूत विजयमोहन क्वात्राबीच संवाद भएयता दुई पक्षबीच संवाद भएको छैन ।

प्रकाशित मिति : बुधबार, साउन २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij