बुटवल
प्रदेश ५ को सार्वजनिक लेखा समितिकीका सभापति डिल्लीबहादुर चौधरीले प्रदेश सरकारको अनियमिताको बिषयमा छानबीन आजैदेखि शुरु भएको बताएका छन् ।
रिर्पोर्टर्स क्लब प्रदेश ५ को साक्षात्कार कार्यक्रममा बोल्दै सभापति चौधरीले सरकार सुध्रिने गरी समितिले काम अघि बढाएको बताए ।
सभापति चौधरीले सरकारले सार्वजनिक लेखा समितिको सुझाव कार्यान्वयनमा ध्यान नदिए अनियमितताका फाईलहरु अख्तियारमा बुझाउने चेतावनी दिए । हामीले गहन रुपमा सरकार सुध्रिनेगरी सुझाव दिन्छौं चौधरीले भने, सुझावलाई बेवास्ता भए फाइल अख्तियारलाई बुझाउँछौं ।
प्रदेश सचिवालयले मर्मत गरेको गाडीको फाइल, कृषि मन्त्रालयको शीत भण्डार निर्माण, लुम्बिनी भ्रमण बर्षको फाइल, सिंचाई निर्माणको फाइल समितिमा मगाएर छानबीन गरिरहेको उनले बताए ।
फाइलको अध्ययन गर्दा बिनियोजित बजेटको शून्य रकम मौजाद रहनेगरी खरीद र निर्माणका कामहरु भएको समेत पाइएको हुदा बजेट खर्चमा बेथिती भएको बलियो प्रमाण दखिएको उनले बताए । हाम्रो समितिले खर्च भइसकेपछि मात्रै हेर्ने हो, सभापति चौधरीले भने गत आर्थिक बर्षको अनियमितताको बिषयमा अध्ययन शुरु गरेका छौं । उनले बाँके, बर्दिया र दाङ जिल्लामा प्रदेश सरकारले संचालन गरेको बिभिन्न योजनाहरुको अनुगमन गरिसकेको जानकारी दिए । उनले लेखा समितिको पहलमा गत बर्ष गाडी खरीदमा करिब ३५ लाख रकम प्रदेश सरकारको संचित कोषमा फिर्ता गराएको बताए । प्रदेश सचिवालयले गाडी मर्मतको बिषयको फाइल भने बिहीबार विहान ८ बजेभित्र समितिमा बुझाउने गरी निर्देशन गरिसकिएको उनले बताए ।
नेकपा संसदीय दल प्रदेश ५ का सचिव भोजप्रसाद श्रेष्ठले राज्यले सुविधा दिएको भन्दा बढी सुविधा लिन खोज्नु गलत भएको बताए । उनले प्रदेश सचिवालयको बिषयमा उठेको अनियमितालाई कानूनभित्र रहेर छानबीन भइ कार्वाही हुनुपर्ने माग गरे । गाडी खरीदमा तोकिएको शर्त अनुसार मर्मतको काम के भयो रु भन्ने बिषय पनि छानवीनको बिषय हुनुपर्ने उनको भनाई थियो । उनले अनिमितताका धेरैजसो बिषय मिलाउने नाममा मिलापत्रमा टुगिंने गरेको प्रसङ उल्लेख गर्दे त्यसरी काम भए त्यस बिषयलाई आफुहरुले चालु संसदमा उठान गर्ने बताए । कार्यक्रम रिपोर्टर्स क्लब प्रदेश ५ का अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति : बुधबार, साउन २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्