कुलमानलाई लगातार सफलता, विद्युत् प्राधिकरणको नाफा ११ अर्ब नाघ्यो

कुलमानलाई लगातार सफलता, विद्युत् प्राधिकरणको नाफा ११ अर्ब नाघ्यो

काठमाण्डौ
गएको आर्थिक वर्षमा नेपाल विद्युत् प्राधिकरणको नाफा ११ अर्ब रुपैयाँ नाघेको छ । गएको आर्थिक वर्ष २०७६र०७७ मा प्राधिकरणले ११ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो प्राधिकरणले नौ अर्ब ८१ करोड नाफा कमाएकोमा एकैवर्ष झण्डै एक अर्ब २५ करोड रुपैयाँ धेरै नाफा थपिएको प्राधिकरणले जनाएको छ ।
त्यस्तै प्राधिकरण अब सञ्चित नाफामा पनि गएको छ । प्राधिकरणले गएको आर्थिक वर्षमा चार अर्ब सात करोड रुपैयाँ सञ्चित नाफा कमाएको हो । सरकारले आर्थिक वर्ष २०६७र०६८ सम्मको सञ्चित घाटा झण्डै २७ अर्ब रुपैयाँ अपलेखन गरिदिएपछि प्राधिकरण घाटामा गइरहेको थियो । आर्थिक वर्ष २०७२र०७३ मा ३४ अर्ब ६१ करोड रहेको सञ्चित घाटालाई त्यसपछिका आर्थिक वर्षमा निरन्तर घटाएर प्राधिकरण गएको आर्थिक वर्षबाट मुनाफा कमाउन सफल भएको हो ।आर्थिक वर्ष २०७२र०७३ मा आठ अर्ब ८९ करोड रुपैयाँ घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षमा निरन्तर नाफामा छ । प्राधिकरणले २०७३र०७४ मा एक अर्ब ४७ करोड, २०७४र०७५ मा दुई अर्ब ८५ करोड र २०७५र०७६ मा नौ अर्ब ८१ करोड मुनाफा कमाएको थियो । प्राधिकरण अब सञ्चित मुनाफामा पनि गएको छ । दुई वर्षदेखि प्राधिकरण सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान बन्दै आएको छ ।नेपाल विद्युत् प्राधिकरणको नेतृत्व सम्हालेका कार्यकारी निर्देशक कुलमान घिसिङको चुस्त व्यवस्थापनका कारण प्राधिकरणले देशलाई लोडसेडिङमुक्त बनाएको छ भने नाफामा पनि निरन्तर वृद्धि गर्दै गइरहेको छ ।

प्रकाशित मिति : आइतबार, साउन ३२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij