तिज पर्बको शुभकामना व्यक्त गर्दै आफ्नो गक्ष अनुसार घरमै बसेर पर्व मनाउन सभापति शाह को अपिल

तिज पर्बको शुभकामना व्यक्त गर्दै आफ्नो गक्ष अनुसार घरमै बसेर पर्व मनाउन सभापति शाह को अपिल

बुटवल
कोरोना भाईरस कोभिड १९ को महामारी समुदाय स्तरमै फैलिन थालेकोले यस वर्षको हरितालिका तीज घरमै बसेर सुरक्षित तरबरले मनाउन सार्बजनिक लेखा समिति सभापति भरत कुमार शाह ले आग्रह गर्नु भएको छ ।
नेपाली हिन्दु नारीहरुको महान पर्व तीज पर्वको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै सभापति शाह ले सामुहिक जमघट भन्दा घरमै सामान्य रुपमा तीज मनाउन आग्रह गर्नुभएको हो ।
वर्ष दिनमा एकपटक आउने यो पर्वमा चेलीबेटीहरु विशेषगरी माईतीमा भेला भएर पुराना साथीसंगीसँग आफ्ना पीर व्यथा विसाउने पर्व भएपनि यस वर्ष कोभिड १९ को महामारीले सारा विश्व नै आक्रान्त बनाएकोले स्वस्थ र सुरक्षित भएर तीज मनाउनुपर्ने अवस्था रहेको उहाँले बताउनुभएको छ ।
एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भाईरस भएका कारण जमघट तथा सामुहिक नाचगान गर्ने अवस्था नभएकोले घरपरिवारमै स्वास्थ्य सुरक्षा अपनाएर तीज मनाउन उहाँले आग्रह गर्नुभयो । कोरोना भाईरसको महामारी नियन्त्रण तथा रोकथामका लागि घर मै सुरक्षित भएर बस्न सभापति शाह ले अपिल गर्नुभएको छ।

प्रकाशित मिति : बिहिबार, भाद्र ४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij