पाल्पा
पाल्पा जिल्लामा पनि भोली शुक्रबार रातीदेखि लागु हुनेगरी भदौ १२ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय पाल्पाले आज एक सुचना जारी गरी पाल्पा जिल्लाभर भदौ १२ गतेसम्म निषेधाज्ञा जारी गरिएको जनाएको हो ।
कोरोना संक्रमण समुदाय स्तरमा फैलिनबाट जोगाउन यही भदौ ५ गतेदेखि १२ गते सम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।
कोभिड १९ को संक्रमण रोक्न २०७७ भदौ ५ गते १२ बजेदेखि लागू हुने गरी २०७७ भदौ १२ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको पाल्पाका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताउनुभयो।
हालै सरकारले स्थानीय रुपमा कोभिडको असर हेरी निषेधाज्ञा र कर्फ्यु लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाइ दिएपछि पाल्पामा पनि निषेधाज्ञा जारी गरिएको हो । जिल्लाको रामपुर नगरपालिकाले यसअअघिनै नगर भित्र लकडाउन घोषणा गरिसकेको छ ।
प्रकाशित मिति : बिहिबार, भाद्र ४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्