बुटवलमा ‘फूड बैंक’ शुरु

बुटवलमा ‘फूड बैंक’ शुरु

बुटवल -कोरोना भाईरस महामारीका कारण खान नपाएकाहरुका लागि प्रदेश पाँचको अस्थायी राजधानी बुटवलमा ‘फूड बैंक’ सञ्चालन गरिएको छ । रोटरी क्लव अफ बुटवल साउथको अग्ररसतामा मंगलबारदेखि बुटवलको ट्राफिकचोकमा फूड बैंक सञ्चालन गरिएको हो । यसका साथै सामाजिक सेवामा काम गर्ने संस्थाहरु रोटरी क्लव अफ बुटवल साउथ, रोट्रयाक्ट क्लव अफ बुटवल साउथ, रोट्रयाक्ट क्लव अफ तिनाउ सिटी र ह्याप्पी ह्वील्सको आयोजना तथा साईन रेसुङ्गा डेभलपमेन्ट बैंक, ई–क्यान रुपन्देही र बुटवल महिला जेसिजको सहयोगमा फूड बैंक सञ्चालन गरिएको रोटरी क्लव अफ बुटवल साउथका अध्यक्ष प्रेम भुर्तेलले जानकारी गराउनु भयो ।
कोही पनि भोको बस्नु नपरोस भन्ने उद्देश्ले सञ्चालन गरिएको फूड बैंकमा हुनेहरुलाई सहयोग गर्न र नहुनेहरुलाई लैजानकालागि आग्रह गरिएको छ ।
खानाको अभावमा कोही पनि भोकै बस्नु नपरोस भन्ने उद्देश्यले लकडाउन अवधिभर सञ्चालन गरिने फूड बैंकबाट एक पटकमा एक जनालाई साढे २ किलो चामल, आधा किलो दाल, १ किलो आलु, आधा लिटर तोरीको तेल, १ किलो प्याज, लसुन, बेसार, अदुवा एक÷एक पाउ, एक किलो नुन, ५ वटा मास्क र साबुन प्रदान गरिने छ ।
लकडाउनका कारण उद्योग व्यापार व्यबसाय लगभग ठप्प जस्तै भएको र कतिपयले रोजगारी समेत गुमाउनु परेको छ ।
यस्तो विषम परिस्थितीमा दैनिक ज्याला मजदुरी खाने वर्ग नराम्रोसंग चपेटामा परेकाले उनीहरुलाई केही भएपनि राहत पु¥याउन सकियोस भन्ने उद्देश्यले सञ्चालन गरिएको फूड बैंकमा सहयोग प्रदान गरिएको शाईन रेसुङ्गा डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले बताउनु भयो ।
दैनिक साँझ बिहान हात मुख जोड्न सहजहोस भन्ने आफूहरुको उद्देश्य रहेकाले नहुनेहरुले कुनै संकोच नमानी लैजानकालागि ई–क्यान रुपन्देहीका अध्यक्ष देव कुवँरले आह्वान गर्नुभयो ।

प्रकाशित मिति : मंगलबार, भाद्र १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij