भीम अस्पतालमा आईसीयू बेड सञ्चालनमा

भीम अस्पतालमा आईसीयू बेड सञ्चालनमा

बुटवल-भैरहवाको भीम अस्पतालमा सोमबारदेखि आईसीयू बेड सञ्चालनमा आएको छ । प्रदेश सरकारले कोरोना विशेष अस्पताल घोषणा गरेको यो अस्पतालमा आईसीयू वेड भए पनि जनशक्ति अभावमा पाँच महिनादेखि सञ्चालनमा थिएन ।
कोरोना संक्रमितलाई उपचारका लागि २२ वटा जनरल बेड छन् ।

युनिभर्सल मेडिकल कलेजले एनेस्थेसियाको जनशक्ति पठाएपछि आईसीयू वेड सञ्चालनमा ल्याइएको हो । अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा। शकुन्तला गुप्ताले भनिन्, कन्सल्ट्यान्ट फिजिसियन, मेडिकल अफिसर र नर्सिङका कर्मचारीको अझै अभाव छ ।’

तर आईसीयू सञ्चालनमा आएसंगै सोमबार चारजना संक्रमित भर्ना भएको बताइन् । बुटवलका ३ जना र धकधईका एकजना भर्ना भएका हुन् ।

प्रकाशित मिति : मंगलबार, भाद्र १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij