सोह्र श्राद्ध वैकल्पिक विधिबाट गर्न सैनामैना नगरपालिकाको आग्रह

सोह्र श्राद्ध वैकल्पिक विधिबाट गर्न सैनामैना नगरपालिकाको आग्रह

सैनामैना -समुदायस्तरमा कोरोना संक्रमित बढ्दै गएपछि रुपन्देहीको सैनामैना नगरपालिकाले सोह्र श्राद्ध अर्थात् पितृपूजन वैकल्पिक विधिबाट गर्न आग्रह गरेको छ ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सोह्र श्राद्ध वैकल्पिक विधि भर्चुअल अनलाइन माध्यमबाट गर्न र गराउन नगरपालिकाले नगरवासीमा आग्रह गरेको हो ।
आज सैनामैनाको मुर्गियामा नगरमा रहेका पण्डितहरुसँग गरिएको छलफलले यस वर्ष यजमानको घर–घरमा गएर श्रोह्रश्राद्ध नर्गेने निर्णय भएकोे सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँले यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिम रहेको विषम परिस्थितिमा वैकल्पिक तरिकाले अनलाईन,फोन वा अन्य विधि अपनाएर परिवारका सदस्यहरुका बिचमा मात्र सोह्र श्राद्ध गर्न आग्रह गर्नुभयो ।

सोह्र श्राद्ध कार्यमा आफन्त, छरछिमेकी, इष्टमित्र, बन्धुबान्धवलाई आमन्त्रण नगर्न नगरपालिकाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : मंगलबार, भाद्र १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij