कृष्णनगर-कृष्णनगर सशस्त्र प्रहरीले कृष्णगनरमा अवैध २ सय ३० वटा चाँदीका पायलसहित ३ जनालाई पक्राउ गरेको छ। सशस्त्रको विओपी पोष्टले चार थान मोबाईल र करिब ५ किलो चाँदीका सामाग्री बरामद गरेको हो।
सामाग्रीसँगै शिवराज नगरपालिका ५ का आकाश बर्मा, ओमबहादुर घर्ती र आनन्द वर्मा समेत पक्राउ परेका छन्। सोमबार साँझ ८ बजे भारतीय सीमा क्षेत्रबाट लुकाएर ल्याउदै गरेको अवस्थामा बरामद गरेको सशस्त्र प्रहरी २८ नम्बर गणका प्रमुख ध्रुब कार्कीले बताउनुभयो।
तस्करहरूले ती सामाग्री झोलामा लुकाएर ल्याउदै गरेको थिए। शंका लागी खानतलासी गर्दा २ सय ३० चाँदीका पायल र ४ थान मोबाइल भेटिएको उहाले बताउनुभयो। कृष्णनगर र भगवानपुरको बिच सिर्सेहवाबाट गस्ती टोलीले सो सामान पक्राउ गरेको हो।
प्रकाशित मिति : मंगलबार, भाद्र १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्