चितवनमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

चितवनमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु

चितवनचितवनमा कोरोना संक्रमणबाट बिहीबार साँझ एक महिलाको मृत्यु भएको छ ।
भरतपुर अस्पतालमा उपचाररत राप्ती नगरपालिका–९ कि ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।
तीन महिनादेखि मिर्गौलाको समस्याबाट पीडित ती महिला अस्पतालमा नियमित डायलासिस गराउँदै आएकी थिइन् । खोकी र श्वासप्रश्वासमा समस्या भएपछि भदौ १४ गते उपचारका लागि भरतपुर अस्पताल भर्ना भएकी उनमा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्यमा थप जटिलता थपिँदै गएपछि उनलाई आईसीयू कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो ।

पछिल्लो २४ घण्टामा चितवनमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।चितवनको भरतपुर महानगरपालिका–११ कि ४० वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा बुधबार राति साढे १२ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो ।

त्यस्तै भदौ ९ गते अस्पताल भर्ना भएका र भदौ १० गते कोरोना संक्रमण पुष्‍टि भएका गैंडाकोट नगरपालिका–२ का ३७ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा मृत्यु भएको थियो । उनी मिर्गौलाको बिरामी थिए ।

चितवनमा कोरोना संक्रमणबाट हालसम्म २० जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : बिहिबार, भाद्र १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij