अर्थमन्त्री खतिवडाद्वारा राजीनामा

अर्थमन्त्री खतिवडाद्वारा राजीनामा

gLlt, sfo{qmd tyf ah]6sf] plNnlvt a'Fbf ;fj{hlgs sfo{qmd sf7df8f}F, ! ;fpgM cy{, ;~rf/ tyf ;"rgf k|ljlwdGqL 8f o'j/fh vltj8f laxLaf/ dGqfnodf cfj @)&&÷&* sf] gLlt tyf sfo{qmd / ah]6 jQmJodf plNnlvt a'Fbfx?sf] sfof{Gjog PsLs[t ljj/0f ;fj{hlgs sfo{qmddf dGtJo JoQm ub}{ . tl:a/M k|bLk/fh jGt÷ /f;;

काठमाण्डौ
अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पदबाट राजीनामा दिनुभएको छ ।खतिवडाले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले उज्यालोलाई जानकारी दिनुभयो ।

शुक्रबार दिउँसोको मन्त्रिपरिषद्को बैठकमा आफूलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएकोमा धन्यवाद दिनुभएको खतिवडाले त्यसपछि अर्थ मन्त्रालयमा कर्मचारीसँग बिदाइ कार्यक्रम गर्नुभएको थियो । त्यसपछि उहाँ सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर पनि कर्मचारीसँग बिदाइ हुनुभएको थियो ।

मन्त्रीले प्रधानमन्त्रीसमक्ष राजीनामा दिने व्यवस्थाअनुसार खतिवडाले राजीनामा बुझाउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले बताउनुभयो ।

२०७४ सालको फागुनमा अर्थमन्त्री हुनुभएका खतिवडाको राष्ट्रिय सभा सदस्य पद गएको फागुनमा सकिएको थियो । तर राष्ट्रिय सभा सदस्य पद ६ महिनासम्म थपिने र मन्त्री बन्न पाउने प्रावधानका कारण उहाँले फागुनमा दोस्रो पटक सपथ लिनुभएको थियो ।

अहिले भने नेकपाले राष्ट्रियसभा सदस्यमा वामदेव गौतमलाई सिफारिस गरेपछि खतिवडाले राजीनामा दिनुभएको हो । उहाँको राष्ट्रिय सभाको पदावधि भोलि शनिबार सकिँदैछ ।

प्रकाशित मिति : शुक्रबार, भाद्र १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij