बुटवल ।
नेपाली कांग्रेसले सरकार जनताको जिउधनको रक्षा गर्ने जिम्मेवारी र दायित्वप्रति गम्भीर नदेखिएको आरोप लगाएको छ ।
नेपाली कांग्रेस संघीय संसद संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले शुक्रबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी सरकार जनाताको जिउधनको रक्षा गर्ने जिम्मेवारी र दायित्व प्रति गम्भीर नदेखिएको आरोप लगाएका हुन् ।
सरकारले यस वर्षको बजेटमा समेत बाढी, पहिरो र डुवान नियन्त्रणलाई प्राथमिकतामा राख्न नसकेको भन्दै विज्ञप्तिमा यस्तो संवेदनशील विषयमा सरकार गम्भीर नहुनु अत्यन्त दुःखद पक्ष भएको जनाइएको छ ।
आफ्ना नागरिक प्रति जिम्मेवारीवोध नहुने सरकारको रवैया प्रति नेपाली कांग्रेस संसदीय दल गम्भीर आपत्ति प्रकट गरेको छ ।
यस वर्षको वर्षायाम शुरु भए देखि देशका विभिन्न स्थानहरुमा बाढी, पहिरो र डुवानका दुःखद घटनाहरु घटिरहेको भन्दै विज्ञप्तिमा सरकारलाई यस विषयमा गम्भीर हुन कांग्रेसले सरकारलाई आग्रह गरेको छ ।
देशमा यस वर्ष बाढी, पहिरो तथा डुवानमा परी करिब ३०० जना व्यक्तिले ज्यान गुमाइसकेको र २०० जना भन्दा बढी घाइते हुनुका साथै कयौं व्यक्तिहरु हालसम्म वेपत्ताको स्थितिमा रहेको भन्दै कांग्रेसले दुःख ब्यक्त गरेको छ ।
देशभर घटिरहेको बाढी, पहिरो र डुवान लगायतका प्राकृतिक विपदका प्रति दुःख व्यक्त गर्दै विज्ञप्तिमा नेपाली कांग्रेसले बाढी, पहिरो र डुवानको क्षति न्यूनिकरणका लागि तत्काल उद्दार टोली परिचालन र प्रभावकारी संयन्त्रको निर्माण गर्न, साथै जोखिमयुक्त स्थानहरुलाई पहिचान गरी त्यहाँका नागरिकहरुलाई तत्काल अन्यत्र सुरक्षित स्थानमा व्यवस्थापन गरी जनताको जीउधनको सुरक्षा गर्न माग गरेको छ ।
पार्टीले बाढी, पहिरो र डुवानको क्षति न्यूनिकरणका लागि तत्काल उद्दार टोली परिचालन र प्रभावकारी संयन्त्रको निर्माण गर्न, साथै जोखिमयुक्त स्थानहरुलाई पहिचान गरी त्यहाँका नागरिकहरुलाई तत्काल अन्यत्र सुरक्षित स्थानमा व्यवस्थापनका लागि संसदमा आवाज उठाउनुका साथै विभिन्न समयमा प्रेस विज्ञप्ति मार्फत एवं मौखिम रुपमा समेत सरकारको ध्यानाकर्षण गराउँदै आएको स्मरण गराउदै विज्ञप्तिमा वर्तमान सरकारले त्यस विषयलाई गम्भीर रुपमा नलिएको ठहर गरेको जनाइएको छ ।
‘सरकारले यस वर्षको बजेटमा समेत बाढी, पहिरो र डुवान नियन्त्रणलाई प्राथमिकतामा राख्न सकेन, सरकार यस्तो संवेदनशील विषयमा गम्भीर नहुनु अत्यन्त दुःखद पक्ष हो ।आफ्ना नागरिक प्रति जिम्मेवारीवोध नहुनु सरकारको यस किसिमको रवैया प्रति नेपाली कांग्रेस संसदीय दल गम्भीर आपत्ति प्रकट गर्दछ । सरकारलाई यस विषयमा गम्भीर हुन नेपाली कांग्रेस पुनः आग्रह गर्दछ ।’ –विज्ञप्तिमा भनिएको छ ।
वाग्लुङको बाढीमा परी वेपत्ता भएका व्यक्तिहरुको तत्काल खोजी गरी उद्दार गर्न, घाइतेहरुको स्वास्थ्य उपचारको प्रबन्ध मिलाउन साथै कालिकोट लगायत हालसम्म अन्य स्थानका बाढी, पहिरो डुवानबाट विस्थापित भएका घरपरिवारहरुलाई सुरक्षित स्थानमा पुनस्र्थापन गरी राहत विवरण र मृत्यु भएका घरपरिवारहरुलाई उचित राहत तथा क्षतिपूर्ति दिन नेपाल सरकारसँग नेपाली कांग्रेस संसदीय दलले माग गरेको छ ।
विज्ञप्तिमा बाढी, पहिरो र डुवानमा परी घाइते भएका व्यक्तिहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

प्रकाशित मिति : शुक्रबार, भाद्र १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्