कपिलवस्तु
कपिलवस्तुमा लकडाउन खुकुलो पारिएको छ । यस अघि जिल्लामा जारी भएको लक डाउन सोमबार राति १२ बजे सकिँदै छ । समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि मिति थप गर्दै करिब १ महिनासम्म भएको लक डाउनको मिति आज राति सकिन लागेको हो ।
आज बसेको जिल्ला कोरोना संकट ब्यवस्थापन समितीको बैठकले होटल, चियापसल तथा खाजाघर बाहेकका अन्य सबै पसलहरु खोल्ने निर्णय गरेको हो ।
यसअघि जिल्लाका सबै पसल तथा बजारहरु बन्द रहेपनि भोलिबाट बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म सम्पूर्ण बजारहरु खुल्ला रहने छन् । निजी सवारी साधन जोर बिजोरमा चल्ने छन भने सार्वजनिक सवारी साधन भने पूर्ण रुपमा बन्द रहने छन् ।


प्रकाशित मिति : सोमबार, भाद्र २२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्