सैनामैना
दलित सञ्जाल सैनामैना रुपन्देहिको आयोजनामा ट्रक ठक्करबाट दुर्घटनामा परि मृत्यु भएका सैनामैना ५ बुद्धनगर निवासी स्व.बिनोद बिक र करेन्ट लागेर मृत्यु भएका सैनामैना ९ भुजेनी निवासी स्व.देब बहादुर बि.क को परिबारलाई नगद र खाद्यान्न गरि तिस हजार बराबरको राहात सामाग्री (आज )सोमबार सहयोग गरेको छ ।
स्व. बिक र सार्की दुबैको घर परिवार आर्थीक रुपमा कमजोर भएको र दैनिक छाक टार्न समेत असहज भएकाले सञ्जालले आफ्नो तर्फबाट र दलित समुदायका व्यक्तिहरुको सहयोग स्वरुप जम्मा भएको रकम तथा जिन्सी सामाग्रि हस्तान्तरण गरिएको सञ्जालका उपाध्यक्ष कुमार नेपालीले जानकारी दिनु भयो ।
हस्तान्तरण कार्यक्रममा सञ्जालका अध्यक्ष बरालको नेतृत्वमा समितीका सल्लाहाकार,पदाधीकारी र कार्यसमिती सदस्य, वडा दलित जनप्रतिनीधिहरु लगाएतको उपस्थिती रहेको थियो । सञ्जालले स्थापना काल देखिनै नगर भित्र रहेका दलित समुदायको क्षेत्रमा काम गर्दै आएकाले आगामि दिनमा पनि दलितहरुको आर्थीक समृद्धि तथा सामाजिक बिकासमा जोड दिने सञ्जालका अध्यक्ष सुरज बरालले बताउनु भयो ।
स्वर्गिय बि.क र सार्की दुबै परिवारले सञ्जाललाई र सहयोगी मनहरुलाई धन्यवाद दिनु भएको थियो भने दुबै कार्यक्रमको सञ्चालन सञ्जालकी उपाध्यक्ष अम्बिका परियार ले गर्नु भएको थियो ।
प्रकाशित मिति : सोमबार, भाद्र २२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्