दाङ ।
दाङमा पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१३ ज्यामिरे दहमा डुबेर कलमघारी निवासी २२ वर्षिय जीवन बुढाको मृत्यु भएको हो ।
साथीहरुसँग पौडी खेल्न गएका बुढा डुबेपछि प्रहरीले मृत अवस्थामा निकालेको वडा अध्यक्ष रविलाल घर्तीले जानकारी दिए ।
बिना लाइफ ज्याकेट उनी पौडी खेल्न दहमा पस्दा डुबेको बताइएको छ। उनीसँगै गएका अन्य ६ जना भने सकुशल रहेका छन् । यसअघि ४ दिन पहिले पनि घोराही ४ अमारे सोतामा बनाइएको जलाशयमा डुबेर एक युवकको मृत्यु भएको थियो ।
प्रकाशित मिति : बिहिबार, भाद्र २५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्