चितवन – चितवनमा थप ३४ जना कोरोना संक्रमित थपिएका छन् । भरतपुर कोभिड प्रयोगशालामा नमूना परीक्षण गर्दा चितवन जिल्लाका ३१ जनासहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
चितवनमा संक्रमण पुष्टि हुनेहरु सबै भरतपुर महानगरपालिकाका छन् । जसमध्ये २६ जना पुरुष र ५ जना महिला रहेका छन् । पुरुषहरु १२ वर्षीय बालकदेखि ५७ वर्ष उमेर समूहका छन् । यस्तै, महिलाहरु २४ देखि ५४ वर्ष उमेर समूहका छन् ।
उनीहरु सबैको भरतपुर अस्पताल स्वाब संकलन केन्द्र, पुरानो मेडिकल कलेज, पुष्पाञ्जली अस्पताल र क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो ।
यसैगरी, पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१ का २८ वर्षीय पुरुष र २९ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ ।
यस्तै पर्साको ठोरी–२ की २१ वर्षीया महिलामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।
चितवनमा शुक्रबार बिहानसम्म कुल संक्रमितको संख्या ११ सय पुगेको छ । हालसम्म कोरोनाबाट चितवन जिल्लाका १३ सहित २४ जनाको मृत्यु भैसकेको छ ।
प्रकाशित मिति : शुक्रबार, भाद्र २६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्