बुटवल ।
सामाजिक कार्यमा अग्रसर लायन्स क्लव अफ बुटवल बेलबास सिर्जनशीलले आज बेलबास चोकमा खुल्ला वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेका छ । कोरोना महामारीमा रगतको अभाव नहोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य र अन्य व्यक्ति गरी ४३ जनाले रक्तदान गरेका छन् ।

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ बी २ का जीएमटी कोअर्डिनेटर दीपक श्रेष्ठको प्रमुख आतिथ्यता र क्लबकी अध्यक्ष विमला गैरेको अध्यक्षतामा भएको रक्तदान कार्यक्रम सम्पन्न भएको थिया । क्लबकी अध्यक्ष विमला गैरेको रगत संकलन गरिनुले रगतको अभावमा अकालमै ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य गर्न ठूलो टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो ।

लायन्स क्लबका एरिया चिफ सन्दिप कसौधन, वडा नं१३ का वडा सदस्य बेदप्रसाद गैरे, लायन्स क्लबका रिजन चेयर पर्सन शिवलाल उपाध्याय, रिजन चेयर पर्सन, शोभाखर पोखरेल जोन चियर पर्सन ओमकार आचार्यलायन दिपक पन्थी लायन राम प्रसाद भुसाल लगायतले बोल्दै क्लवले गरेको कार्यक्रमको प्रशंसा गर्नुभएको थियो ।

क्लबले यस वर्ष बृक्षारोपण र बुटवल देवीनगरस्थित एन्फा एकेडेमीको आइसोलेसन सेन्टरमा बसेका कोरोना संक्रमितका लागि च्यवनप्राश वितरण गरिसकेको क्लबकी अध्यक्ष विमला गैरे जानकारी दिनुभयो ।कार्यक्रम लायन सरस्वती खनालको संचालनमा सम्पन्न भएको थियो

प्रकाशित मिति : शनिबार, भाद्र २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्