बुटवल ।
खोलाले बगाएर रुपन्देहीको देवदहमा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रुपन्देहीको देवदह नगरपालिका–८ कालिका टोलकी ६२ वर्षीया भिमिश्वरा चिदी रहेकी छन् ।
जंगलमा बाख्रा चराउन गएकी उनलाई घोडाहा खोला तर्ने क्रममा बगाएको इलाका प्रहरी कार्यालय बुटवलले पुष्टि गरेको छ ।
चिदीको शब देबदह–३ रोहिणी पुल नजिक फेला परेको प्रहरीले जनाएको छ । उक्त खोलामा पुल नहुँदा वर्षायाममा देवदह नगरपालिकाकै शरनटाँडी गाउँमा आवतजावतमा समस्या पर्ने गरेको छ ।
खोला तर्ने क्रममा बगेर शनिबार पनि रुपन्देहीकोे मर्चवारमा एक जनाको मृत्यु भएको थियो ।
प्रकाशित मिति : आइतबार, भाद्र २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्