पाल्पा ।
चिकित्सक र स्वास्थ्यकर्मीसहित मंगलबार पाल्पामा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार युनाइटेड मिसन अस्पतालका ४, लुम्बिनी मेडिकल कलेजका ६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ । बाँकी १० जना अस्पतालमा उपचार गराएका बिरामी र समुदायका हुन् ।
पाल्पा अस्पतालमा बिरामी र चिकित्सककी ७ वर्षीय छोरीमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताउनुभयो। लुम्बिनी मेडिकल कलेजमा चार जना डाक्टरमा कोरोना संक्रमण देखिएको छ । कलेजका कार्यकारी अध्यक्षसहित अन्य स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण देखिएको अस्पतालका निर्देशक डा राजु शाक्यले बताउनुभयो । ‘
प्रकाशित मिति : मंगलबार, भाद्र ३० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्